रिया बनिन पहिलो पोखरा समलिङ्गी सुन्दरी
शिव शर्मा
पोखरा-लहरै प्रतिस्पर्धीहरु क्याटवाक गदै स्टेजमा प्रकट भए । स्थानिय उद्योग वाणिज्य संघको सभाहलमा खचाखच दर्शकले जोडदार तालीले उनिहरुलाई स्वागत गरे । कार्यक्रम थियो सौर्न्दर्य प्रतियोगिता । पोखरामा लामो समयको रिक्ततालाई पर्ुण्ाता दिदै यसरी आयोजना भएको मिस टिन, किड क्विलन एवं मिस पोखरा प्रतियोगिता भने हैन ।
तर पनि प्रतियोगिता भने सौर्न्दर्य नै रहेकेा थियो । पहिलो पटक नौलो विहानी नामक संस्थाले यहा“ आयोजना गरेकेा पहिलो पोखरा समलिङ्गी प्रतियोगितामा ठेलाम्म ठेल दर्शकले उनिहरुलाई हौसला दिइरहेका थिए ।
लुकेर रहेका समलिङ्गीहरुलाई बाहिर ल्याउने र उनिहरुकेा प्रतिभा प्रष्फुटन गर्ने उद्देश्य राखी आयोजना भएको प्रतियोगितामा अमरसिंहचोकी २१ वषिर्या रिया गुरुङले पहिलो पोखरा समलिङ्गी सुन्दरी प्रतियोगिताको ताज पहिरिन सफल भइन । टप थ्रि राउन्डमा पुगेका उनि सहित दर्ुइ जना प्रतियोगिहरुलाई ब्युटिसियन मिना गुरुङले सोधेेको यदि तपाई पोखरा समलिङ्गी सुन्दरी बन्नु भयो भने समाजमा लुकेर रहेका समलिङ्गीहरुलाई के सन्देश दिन चाहनुहुन्छ भन्ने प्रश्नमा रिया अर्थात राजु गुरुङले समाजमा समलिङ्गीहरुलाई हर्ेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जनचेतनामुलक अभियानमा जुटने सटिक उत्तर दिएर उनले ताज आफनो पोल्टामा पारेकी हुन । (more…)
2 comments May 24, 2007
स्पाको मञ्जा
स्पाको मञ्जा
शिव शर्मा
चिनवाट भ्रमणका लागि पोखरा आइपुगेकी मिस लि फुलवारी रिर्र्सोर्टमा स्पाको माध्यमबाट शारीरिक तथा मानसिक उपचार गराउन पाउ“दा फर्ुमान भइन । पहिलो पटक पोखरामा पाइला टेकेकी उनलाई यहा“ आएपछि स्पा गर्न नपाउने हो की भन्ने थकथक लागेकेा थियो । उनलाई प्रत्येक १५-१५ दिनमा स्पा गर्नै लत नै बसिसकेकेा छ । तर आफनै देशमा जस्तै उच्च प्रविधीबाट स्पाको मज्जा लुटन पाउ“दा उनि फुरुक्कै परिन । उनले भनिन-’स्वास्थ्यका लागि म नियमित स्पाको आनन्द लिन्छु ।’ (more…)
Add comment April 17, 2007
आगमन नया वर्ष
आगमन नया वर्ष
शिव शर्मा
पोखरा-नया वर्ष नया उमंग । ‘ह्याप्पी न्यु एयर’ आगमनको अघिल्लो दिन देखी नै कामना र शुभेच्छाहरु एक आपसमा बा“डीरहेका हुन्छन् एक अर्कोमा दर्ीघायु , चिरायु र प्रगतिको शुभकामना साटा साट गर्छन् ।
यतिबेला ०६३ लाई विदाई गदै ०६४ को आगमन भएको छ । । इन्टरनेट, च्याटिङ, र मोवाइल फोनमा न्यु एयरको शुभकामना आदानप्रदान गर्न सवैजना व्यस्त छन् । अहिले सवैतिर अनि हरेकको मुखबाट एक पटक निस्किहाल्छ-’नया वर्षो मंगलमय शुमकामना ।’ न्यु एयर केवल शुभेच्छा आदानप्रदानमा मात्र सिमित रहदैन । हरेकले एउटा-एउटा नया योजना बनाएकै हुन्छन् । कुनै राम्रो काममको शुरुवात होस की कुनै नराम्रो बानी छुट्टाउने त्यो प्रतिज्ञा गर्छन अव नया वर्षेखि । (more…)
1 comment April 14, 2007
माओवादीको दसवर्षे यात्रा
२०५२ साल
पिmागुन १ – ुप्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौंु भन्ने मूल नाराका साथ जनयुद्धको सुरुवात । घोषणासँगै रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीका चौकीहरू र गोरखाको च्याङलीस्थित कृषि विकास बैंक कब्जा गरियो ।
पिmागुन १४- गोरखामा १४ वषर्ीय दिलबहादुर रम्तेल प्रहरीद्वारा मारिए ।
पिmागुन १५- रुकुमको पीपलमा ६ जना खत्री बन्धुहरू प्रहरीद्वारा मारिए ।
२०५३ साल
पिुस १९- रामेछापको बेथानमा रहेको प्रहरी चौकी आक्रमण । माओवादीले युद्ध सुरुवातपछि प्रहरी चौकी कब्जाको यो पहिलो घटना थियो । आक्रमणमा कमान्डर तीर्थ गौतम, महिला छापामार दिलमाया योञ्जनसहित तीन छापामार मरेका थिए ।
पिुस १९ गते ललितपुरको भट्टेडाँडा चौकी छापामारहरूद्वारा सम्पूर्ण हतियारसहित कब्जा । घटनाको समाचार प्रकाशन गरेबापत जनादेश कार्यालय कब्जा । जनादेशका तत्कालीन सल्लाहकार शक्ति लम्सालसहित सहकर्मीहरू गिरफ्तार ।
चिैत्र ५- काभ्रेको अनेकोटमा सेल्टर लिइरहेका सातजना कलाकारहरू मारिए ।
२०५४ साल
असार- केन्द्रीय बैठक बसी छापामार युद्ध अघि बढाउने निर्णय । मिाघ २२- धादिङको खहरेमा एम्बुस । दुई राइफल र बीस लाख रुपैयाँ -नेपाल बैंक लिमिटेडको० कब्जा ।
चिैत ४- गोरखाको सौरपानीमा एम्बुस । तीन प्रहरीको मृत्यु र एक राइफल कब्जा ।
२०५५ साल
विैशाख- तत्कालीन कांग्रेस सरकारद्वारा ुकिलो सेरा टुु अपरेसन सञ्चालन । अपरेसनको क्रममा पाँच सय जनाको ज्यान गएको थियो ।
भिदौ- माओवादीको केन्द्रीय समितिको चौथो विस्तारित बैठकबाट ुआधार इलाका निर्माणको दिशामा अघि बढौंु भन्ने मूल नारा तय ।
किात्तिक १०- सल्यानको झिम्पे टावर सुरक्षार्थ रहेको प्रहरी चौकी कब्जा । काभ्रेको फलाँटेमा दिउसै प्रहरी चौकी कब्जा । त्यही दिन पर्साको निर्मल बस्ती र धनुषाको ललियामा रहेका चौकीहरू कब्जा । (more…)
1 comment April 3, 2007
आहा लालीगुरास
पोखरा-म त लालीगुरा“स भएछु मनैभरी फुलिदिन्छु, वनभरी फुलिदिन्छु, यस्ता गीतहरुले पनि लालीगुरासको महत्व कत्ति छ भन्ने कुरा झलकन्छ । आहा कति राम्रो गुरा“स बा“टुलेचौर पोखराका विष्णु तिमिल्सना राइपुर तनह“को लेकमा रातम्मे गुरा“स देखेर फर्ुमान भए । गाउ“ घुम्ने जाने क्रममा उनलाई गाउ“ले परिवेशको डा“डाकाडामा फुलेकेा लाली गुरासले लोभ्यायो ।
उनले साप्ताहिक संग भने- ‘लेकमा फुलेकेा गुरा“स हेरेर कहिले नथाकिदो रहेछ ।’ हो त अहिले मौसम गुरा“स फुल्ने नै हो । उनि संगै रुपन्देही सिमलारका ऋष्िाीराम मरासिनी रमाइलो पारामा गुरासकै बोटमा चढेर गुरास टिप्दै भने-गुरास वनको शेाभा मात्र हैन हरेकको मनको शोभा पनि हो ।
अहिले गाउ“का भिरपाखा पखेरामा लटरम्मै फुलेका गुरासले जोकोही को छाती गर्वले फुल्ने गर्छ । यतिबेला लेकमा फुलेकेा लालीगुरासको मोहक सुन्दरता र लालीगुरास टिप्नेहरुको भीरपाखामा लावा लस्करै देखिन्छ । हुन पनि डा“डाकाडामा गुरास रातम्मै भएर फुलेकेा देख्दा नरमाउने कोही हुदैनन् । चैत महिना भरी लेकमा गुरा“स फुलेकेा दृश्य अति नै मोहक लाग्छ ।
लालीगुरास नेपालको राष्ट्रिय फूल पनि त हो । यही भएर पनि धेरैले यसकेा महत्व वुझेका छन् ।
लेकको भीर पाखामा लालीगुरास फुलेकेा देख्दा जोकोही लाई पनि टिपु टिपु नै बनाउछ । तर लालीगुरास सजिल्लै टिप्न भने मुस्किलै पर्छ । अधिंकाशं लेकमा फुल्ने लालीगुरास भिरको अक्करमा फुलेका हुन्छन् । कमै प्रजातिका लालीगुरासहरु सम्मो भागमा फुल्छन् । लालीगुरास रात मात्र हुन्छ भन्ने धेरैलाई जानकारी छ । तर सेतो लालीगुरास पनि हुन्छ । कास्कीकै पर्यटकीय गाउ“ धान्द्रुकको आसपा“सको गाउ“मा सेतो रंगको लालीगुरास पनि पाइन्छ । तर धेरैलाई रातो रंगको गुरास नै मनपर्छ । फागुन र चैत महिना गुुरास फुल्ने अति उत्तम महिना हो ।
तस्विर लेखक
1 comment April 2, 2007
जाउ है पोखरा

शिव शर्मा चञ्चल
पोखरा- छयाङै खुलेका सेता हिमाल र रमणीय दृश्य आहा पोखरा, यहा“ आउने स्वदेशी विदेशीको मुखवाट यही वाक्य निस्कन्छ । फेरी आफनो गन्तव्यमा फर्केपछि अरुलाई पनि एक पटक जाउ“ है पोखरा भन्न्ो निम्तो उनिहरु नै बा“ढछन् । यतिबेला निम्तो स्वीकार्दै पोखरा भित्रने पाहुनाहरु हव्ाात्तै बढेका छन् । पोखरामा अहिले मौसम पनि उस्तै खुलेको छ । आन्तरिक तथा वाह्य पर्यटकहरुकेा आगमनमा पनि ओइरो लागेको छ ।
स्थानिय पर्यटन व्यवसायीहरु पनि मख्ख छन् । होटलहरुमा पर्यटकहरुको बर्साई लम्बीए पछि व्यवसायीहरुलाई सेवा दिनै मुस्किल । यस्तो अवस्था यति छिट्टै आउ“ला भनेर पर्यटन व्यवसायीहरुले कल्पना गरेकै थिएनन् । तर कल्पना वास्तविकतामा परिणत भइदियो । लामो समय सम्म गिरावट आएको पर्यटन क्षेत्रमा अपेक्षाकृत परिवर्तन आएको छ । (more…)
1 comment March 24, 2007
सिनेमामा छचिल्कदै छ पोखरा


सिनेमामा छचिल्कदै छ पोखरा
‘चलचित्रका लागि पोखरा प्राकृतिक स्टुडियो सावित हुन सक्छ’
शिव शर्मा चञ्चल
‘आहा कति स्वप्निल र रमणिय छ पोखरा’ यस्तो रमणिय स्थलमा चलचित्रको छायांकन गर्न पाएपछि सिनेकर्मिहरु यसो भन्दै मख्ख नपर्ने त कुरै भएन । मख्ख नपरुन पनि किन चलचित्रका लागि भने जस्तो ‘लोकसन’ पोखरा मै भएपछि । संधै मुस्कुराइ रहने टल्ाक्क टल्कने माछापुच्छे्र हिमालले जसको पनि मन छुन्छ । र तानिहाल्छ । हिमाल मात्र होइन यहा“ ताल तलैया देखि प्राकृतिक सौर्न्दर्यले भरिपर्ुण्ा रमाणिय स्थलहरु छन् । ग्रीन हिल छ । यही भएर त सिनेकर्मिहरुलाई चलचित्र सुटिङका लागि पोखराले तानेको छ । यहा“का रमणिय दृश्यहरु चलचित्रको क्यामेरामा कैद गर्न चलचित्रकर्मिहरु बीच तछाडमछाड नै हुने गर्छ । संसारभरीका मान्छे सवै पोखरा आउछन् हामी त आउनै पर्यो नि, चर्चित निर्दैशक नरेश पौडेल भन्छन्- ‘सिनेमा सुटिङका लागि पोखरामा धेरै सजिलो छ । उनले चलचित्र अभिमन्युको ७० प्रतिशत छायांकन पोखरामै गरेका थिए । चलचित्रका लागि भनेजस्तो दृश्य एवं सुविधा सम्पन्न होटल देखि चलचित्रका लागि चाहिने सवै आवश्यकताहरु यहा“ पर्याप्त छन् । चलचित्रका लागि चाहिने सहायक कलाकारहरुको पनि कुनै कमि छैन । पोखरेलीहरु पनि उतिकै सहयोगी छन् । यही भएर त राजधानीवाट निर्माण हुने अधिकांश चलचित्रको छायांकन पोखरा मै हुने गरेकेा हो । यतिवेला नायक वाट निर्माता वनेका दिलिप रायमाझी ले ‘हामी साथीभाई’ चलचित्रको अन्तिम भागको छायंाकन पोखरामै गरे । अर्का नायक सुनिलदत्त पाण्डे संग मिलेर उनले चलचित्र निर्माणमा हात हालेका हुन । यति रमणिय ठाउ“मा चलचित्रको छायांकन गर्न पाउदा उनि मख्ख छन् । भन्छन्- यो चलचित्रको ९० प्रतिशत छायांकन पोखरामै नै पुरा गरे । उनि सुटिङको वेला मात्र हैन अरु वेला पनि पोखरा रमाइलो लाग्ने हुनाले वारम्वार आहोरदोहोर गरिरहन्छन् । उनि पोखरालाई फिल्मी सिटीको रुपमा विकसित गर्ने पर्ने धारण समेत राख्छन् । (more…)
3 comments March 5, 2007
आफनै पुस्तक विरहका प्रलापहरुको कुरा
मेरो लामो समयदेखिको रहर बल्ल्ा पुरा भयो । पहिलो पटक आफुले सृजना गरेका सृजनाले पुस्तकको आकार लियो । प्रेम विछोड संग सम्बन्धीत भावनाहरुलाई लिएर मैले गीत संग्रह प्रकाशन गरे । संग्रहको नाम हो विरहका प्रलापहरु ।
जसको प्रकाशकीय जिम्मेवारी वहन गरिदिनु भयो पोखराकी चर्चित फेसन डिजाइनर सविता शेरचनले । पुस्तक प्रकाशन मात्र भएन । हालै एक कार्यक्रमका बीच पुस्तकको लोकार्पण पनि भयो । लोकार्पण कार्यक्रमको चाजोपाजो मिलाई दियो नेपाल पत्रकार महासंघ कास्की शाखाले ।
वरिष्ठ साहित्यकार सरुभक्तले मेरो कृतिको लोकार्पण गरिदिनु भयो । कार्यक्रममा पोखराका अग्रज पत्रकार साहित्यकार तथा अन्य विशिष्ट व्यक्तित्वहरु अतिथीको रुपमा आउनु भएको थियो । पुस्तकका जम्मा ७५ वटा गीतहरु रहेका छन् । सग्रहमा रहेकेा एउटा गीत रामकृष्ण ढकालको स्वरमा रर्ेकर्ड समेत भइसकेको छ ।
यसै कृतिवाट केही गीतका टुक्का
यो मेरो छाती भित्र, संधै दुख्ने घाउ तिमी
मेरो चित्कार सुन्ने भए, अझै नजिक आउ
घातै मात्र जिन्दगीमा कतै मेरो साथ छैन
आसु झारी नरोएको मेरो कुनै रात छैन
यस्तै शब्दहरुका मालाहरु मैले कृतिमा उन्ने प्रयास गरेको छु । पहिलो प्रयास हो । गीत लेखेर म गीतकार भए म घमन्ड गर्न चाहदिन । तर गीतकार हुने प्रयास भने निश्चित रुपमा गर्नेनै छु । मेरो यो कृतिलाई तपाई अग्रज तथा पाठकहरुले कुन रुपमा लिनु हुनेछ । मलाई लाग्छ धेरै माया गर्नुहुनेछ जसवाट मैले पुन अर्को पुस्तक प्रकाशन गर्ने अवसर पाउने छु ।
अस्तु
3 comments February 6, 2007
लहर अन्तरजातिय विवाहको
लहर अन्तरजातिय विवाहको
शिव शर्मा चञचल
पोखरा- भडकिलो र खर्चिलो विवाह आफैमा ठिक हैन । विवाह भन्ने कुरा सामान्य ढंगवाट पनि गर्न सकिन्छ । फेरी मन मिलेपछि विवाहमा जातभात र धनदलौत भन्ने कुरा पनि त हुदैन । तर परम्परावादी सोचाई भएको हाम्रो समाजमा अन्तरजातिय विवाहलाई अझै पनि सहज ढंगले स्वीकारेको पाईदैन । यसलाई चुनौती दिदै लेखनाथ-२ कास्कीका मिलन गुरुङ र पृथ्वीचोक पोखराकी पुजा थापाले न्ाया उदाहरण देखाइदिएका छन् ।
उनिहरुले गएको मंसीर २४ गते आफनो चार वर्षो लामो प्रेमलाई अन्तरजातिय वैवाहिक जीवनमा रुपान्तरण गरेर देखाइदिए । जातिय हिसावले मिलन गुरुङ र पुजा क्षेत्री की छोरी हुन । उनिहरुको विवाह संकर्ीण्ा समाजका लागि त्यतिकै चुनौति पर्ुण्ा त थिदै थियो नै । तर उनिहरुको दरिलो प्रेम सामु समाजको केही जोर चलेन । त्यसो त पुजाको घरमा आमालाई शुरुमा यो विवाह निको लागेको थिएन । आफनै समुदायमा गर्नुपर्छ भन्ने दवाव उनलाई धेरै आयो । तर प्रेमले रंग रुप जातभात केही भन्दैन भने झै पुजा र मिलनले आखिर जे चाहे त्यही भयो । उनिहरुले साधारण तरीकाले अन्तरजातिय विहे गरे । र उदाहरणीय जोडी बने । हाम्रो विहे अन्तरजातिय मात्र हैन छोटो छरितो र फजुल खर्च विना भयो स्थानिय थर्ड आई ब्यान्डका गायक समेत रहेका मिलन भन्छ्न- ‘समाजको कुसंकार तोडनका लागि हामी सवै अब यस्तै उदाहरण वन्नर्ुपर्छ ।’ पुजा पनि फुरुङ्ग नै छिन् भन्छि्न- ‘जे भएपनि हाम्रो प्रेम साकार भइछाड्यो’। (more…)
1 comment February 1, 2007
हयाप्पी न्यु एयर
अग्रेजी नया वर्षो सवैमा हार्दिक मंगलमय शुमकामना । तर हाम्रो आफनै नया वर्षभने आउन बाकी छ । आखिर चलेकेा चलन के गर्नु अग्रेजी नया वर्षा रम्न रमाउने हाम्रो संस्कार नै वसेको छ । नेपाली नया वर्षधेरैलाई थाहा नहुन सक्ला तर अग्रेजी नया वर्ष भ्यालेन्टाइन डे क्रिसमसको बारेमा भने कोही अनभिज्ञ छैन ।
तर केही छैन सवैको आ आफनै इच्छा र चाहनाको कुरा नै हो । तर जे भएपनि आफनो पनलाई कसैले विर्सनु हुदैन कि कसो -
1 comment January 4, 2007
पोखरामा सडक उत्सव र पर्यटकको घुइचो
शिव शर्मा चञ्चल
सडकमै खाऊ ,सडकै रमाऊ नारा यही हो । यही भनाईलाई वास्तविकतामा परिणत गराउदै पोखराको लेकसाइड अरु वेला भन्दा दोब्बर रंगियो । ्वेहुली भन्दा कम भएन लेकसाइडको बजार । अहो यसपाली पर्यटकहरुको जात्रै भयो सडक महोत्सवमा, रेवान पोखराका अध्यक्ष श्रीलाल सुवेदी फर्ुर्किदै थिए । उनि भन्दै थिए- ‘होटलहरुमा भएको दोब्बर वुकिङलाई थेग्नै मुस्किल भयो ।’ हो त पर्यटकको घुइचोले होटल भरिभराउ भए । व्यवसायीहरुमा फर्ुर्तिफार्ति निकै देखियो । लेकसाइडमा चढेकेा लालीमा अझै लाली थपिदियो । (more…)
Add comment January 4, 2007
फनफनी आकाशैको शयर
फनफनी आकाशैकेा शयर
शिव शर्मा चञ्चल
पोखरा-आम्मै कति माथि माथि उडेका । निलो आकाशमा रंगिविरंगी चिल हुन की के हुन् । पहिलो पटक देख्नेहरु यसै भन्दै अकमक्क पर्छन् ।
कोहीचाही उडेको एकटकले हेेरेर आनन्द लिन्छन् । यतिवेला पोखराको सराङकोट माथिको आकाशमा छयाप्ा छयाप्ती उडेका देखिने न चिल नै हुन नत हवाइ जहाज नै । तर त्यसमा उडदा हवाई जहाज को आनन्द भन्दा कम हुदैन । यही भएर त अहिले सराङकोट र लेकसाइड खहरे को आकाशमा प्याराग्लाइडिङ उडेकेा देख्न पाईन्छ । ग्लाईडरको डोरीको सहायतामा फनफनी उड्छन् स्वदेशी हुन या गोरा छाला । तर अधिकांश भने विदेशी पर्यटकहरु नै प्याराग्लाइडिङको मज्जा लिइरहेका भेटिन्छन् यहा“ । त्यही माथि अहिले त सिजन नै हो प्याराग्लाइडिङ उडाउने । पर्यटकहरुको आगमन पनि उतिकै छ पर्यटकीय शहरमा । प्याराग्लाईडिङ नै उडाउने भनेर विदेशी पर्यटकहरु यो मौसममा प्रत्येक वर्षपोखरा आइपुग्छन् ।
। हावाको वेगमा ग्लाईडरकेा डोरी समातेर मनोरम छटाहरुकेा दृश्यावोलकन गदै आकाशमा उडन पाउदा कसको मन नलोभिएला र । त्यसो त पोखरा र प्याराग्लाइडिङ खेल विश्वको पा“च स्थान भित्रमा पर्छ । नेपालको हकमा प्याराग्लाइडिङका लागि सराङकोट र पोखरा आसपासको भुभाग महत्पर्ुण्ा मानिदै आएको छ । (more…)
1 comment December 14, 2006
व्याकुल माइला, राष्ट्रियगान र अमान्यतत्वहरु
सयौ थुङ्गा फूलका हामी,
एउटै माला नेपाली,
र्सार्वभौम भई फैलिएका
मेची महाकाली,
यो अहिले प्रस्तावित भएको नेपालको राष्ट्रिय गान हो । यही गानको विषयलाई लिएर यतिवेला धेरै चर्चा परिचर्चा चलिरहेकेा छ । अखवारका पानाहरु यसैको कृया प्रतिकृयाले रंगिएको छ । व्याकुल माईला अर्थात प्रदीपकुमार र्राई यो गीतका स्रष्टा हुन । कुनै पनि विषयमा वहस चल्नु नराम्रो हैन । त्यो वहसले सुधारको दिशा तर्फलम्कन जसलाई पनि मदत गर्छ । तर व्यक्तिको चरित्र माथी नै आक्षेप लाग्ने गरी टिप्प्ाणी गर्नु किमार्थ राम्रो हैन । अहिले नव र्सजंकको सृजनालाई लिएर केही व्यक्तिहरु उनकेा व्यक्तित्वमा आ“च पुर्याउने किसिमले लागिरहेका छन् । र हदै सम्मको नकारात्मक टिप्प्ाणी हुन थालेको छ ।
ब्याकुलले ०५९ सालमा सम्पादन गरेकेा नेपाली गीत संग्रहमा वर्तमान राजा ज्ञानेन्द्र अर्थात जि शाहको रचना समावेश गरिएको छ । यसैलाई आधार बनाएर केही लेखक तथा कविज्युहरुले ज-जसले व्याकुल माइलाको राष्ट्रिय गानलाई वेतुक भनेर टिप्पणी गरिरहेका छन् तिनैले पनि त राजाको दर्शनभेटमा हात ठडाइरहेका थिए होलान् । राजाकै गुनगान गाउनेहरु अहिले लोकतान्त्रिक कवि भनेर हिडीरहेका छन् । फेरी व्याकुलको त्यो गीत संग्रहमा राजालाई मानेर भन्दा पनि जि शाहको रचना भनेर मात्र समावेश गरिएको हो भन्ने कुरालाई भने धेरैले नबुझेको हुन सक्छ । ज्ञानेन्द्र राजकीय शासनवाट जनविरोधी थिए होला तर जि शाहको नामले त उनि गीतकार नै थिए । तिनै गीतकारको रचना गीतसंग्रहमा समावेश गदैमा कोही राजावादी हुन सक्दैन । (more…)
5 comments December 7, 2006
जेम्स एफ मोरियार्टर्ीीअमेरीकी राजदुत
जेम्स एफ मोरियार्टर्ीीअमेरीकी राजदुत)
नमस्कार सबै भन्दा पहिला तपाईले गर्नु भएको निमन्त्रणाप्रति धन्यवाद प्रकट गर्दछु । यो संजालको गठन गर्नु भएकोमा तथा यसकेा पहिलो अधिवेशन गर्न लाग्नु भएकोमा तपाईहरुलाई बधाई छ । यसमा तपाईहरुलाई अझ सफलता प्राप्त होस् ।
मैले विभिन्न संचार माध्यमका पत्रकारहरु संग भेट्ने गरेको छु । यस संजालका केही सम्पादकहरुसंग पनि मैले केही हप्ता अगाडी मेट्न पाएको थिए । मलाई लाग्छ पत्रकार तथा विभिन्न अधिकारीहरुसंगका नियमित तथा खुल्ला अन्तरक्रिया र छलफलहरु सुदृढ लोकतन्ँत्रका लागि अपरिहार्य तत्व हुन ।
पर्ुव अमेरीकी राष्ट्रपति जोन एफ केनेडीले युवावस्थामा केही समय पत्रकारको रुपमा कार्य गरेका थिए । उनलाई एक पटक सोधिएको थियो- राष्ट्रपतिको रुपमा तपाई प्रेसजगतलाई कसरी हर्ेर्नुहुन्छ । केनडीको उत्तर थियो- म पहिला भन्दा धेरै पढछु तर थोरै मात्र रुचाउछु । यसमा व्यङ्ग छ तर अर्थपर्ुण्ा छ । किनकी स्वतन्त्र प्रेसले कतिपय असहज तथा कठिन प्रश्नहरु पनि उठाउनु पर्नै हुन्छ । सक्रिय लोकतन्त्रमा राजनितिकर्मिहरुलाई आफनो पदप्राप्तिका लागि मतदाताहरु समझ जानर्ुपर्दछ । यसका लागि प्रेसप्रति उनिहरु सचेत रहन्छन् र त्यस्ता विषयहरु उठाउछन् जसले प्रेसका स्रोता, दर्शक तथा पाठकहरु अथवा भनौ राजनितिकर्मीहरुका लागि मतदाता लाई प्रभाव पार्दछन् । (more…)
2 comments December 1, 2006




