पुरिदै छ रुपाताल

February 15, 2011 at 12:16 pm Leave a comment

शिव शर्मा
लेखनाथ– आसपासका डा“डाबाट बगेर आउने माटोको बहाव र बाढीपहिरोले गर्दा पोखरा उपत्यकाको तेस्रो ठुलो रुपाताल संरक्षणको अभावमा पुरिदै गएको छ ।
अव्यवस्थित रुपमा खनिएका मोटरबाटोबाट बगेर आउने माटोले जलाधार क्षेत्र पुरिदै गएपछि रुपातालको अस्तित्व संकटमा परेको हो । ताल संरक्षण तर्फ सम्बन्धीत निकायले कुनै पहल नगर्दा पर्यटकीय आकर्षण्ँ घट्न थालेको छ ।
‘नगरपालिका लगायत सम्बन्धी निकायले ताल संरक्षणका लागी कुनै पहल नै गरेका छैनन’ रुपाताल पुर्नस्थापना तथा मत्स्य सहकारी संस्थाका अध्यक्ष रामचन्द्र सापकोटाले भने’ तालको सिमसार क्षेत्र समेत सुकेर सुख्खा जमीनमा परिणत भएको छ ।’
गैरसरकारी संघ संस्थाले तालबाट जलकुम्भी झार फाल्ने र ताल सरसफाईमा ध्यान दिएपनि सरकारी निकायले चासो नदेखाएका उनले बताए । उनका अनुसार दुई वर्ष अघि राष्ट्रिय ताल संरक्षण विकास समितिले रुपाताल संरक्षणका लागी २ करोड ७० लाख रुपैया छुट्टाए पनि त्यो रकम निकास भएन ।
‘प्रत्येक वर्ष जलाधार क्षेत्रको भुभाग सुकेर चार रोपनीको दरले सुख्खा जमीनमा परिणत भएको छ’ स्थानिय पर्यटन व्यवसायी दामोदरभक्त थापाले भने, ‘समयमा तालमा बा“ध नबा“धिए तालको अस्तित्व संकटमा पर्नेछ ।’
उनले सात तालको बंगैचा शहर भनेर प्रचार गरिए पनि नगरपालिकाले ताल संरक्षणमा कुनै चासो नदेखाएको उनले गुनासो गरे ।
विश्व संरक्षण संघले १४ वर्ष अघि गरेको अनुसन्धानमा रुपातालको जलाधार क्षेत्रको संरक्षण नभए बीस वर्ष भित्रमा तालको अस्तित्व लोप भएर जाने उल्लेख गरेको छ । तालमा तटबन्धन र बा“ध समयमा नबा“धिए तालको अस्तित्व लोप भएर जाने वर्षो देखि स्थानिय ७४ वर्षिय धर्मभक्त अधिकारीले बताए । उनले अन्य तालहरु भन्दा रुपाताललाई सम्बन्धीत निकायले बेबास्ता गर्दा ताल पुरिदै गएको गुनासो गरे । २०३२ सालामा नापीले तालको १३५ हेक्टर क्षेत्रफल कायम गरेकोमा अहिले आएर त्यो घटेर १ सय हेक्टरमा झरेको छ । त्यस्तै २२ मिटर गहिराई भएको ताल घटेर अहिले ४ मिटरमा सिमित रहेको छ । तालको पानीको मुख्य स्रोत रहेको तालबेसी र दोभानो खोलोको मुहान समेत सुक्दै जान थालेको छ । प्रचुर जैविक विविद्यता र प्राकृतिक रुपले महत्वपुर्ण हुदा– हुदै पनि तालको संरक्षण गर्ने तर्फ कसैले चासो नदिदा ताल पुरिएको छ, वर्षो देखि तालमा डुङ्गा चलाउदै आएका कृष्ण भुजेलले भने, ‘तालको सुन्दरता घटदै जादा पर्यटक नआउदा डुङ्गा व्यवसायीको पेशा समेत संकटमा परेको छ ।’

Advertisement

Entry filed under: Uncategorized. Tags: .

रिया बनिन पहिलो पोखरा समलिङ्गी सुन्दरी पोखरामा भ्यालेन्टाइनको रौनक

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Recent Posts

 

February 2011
M T W T F S S
« May    
 123456
78910111213
14151617181920
21222324252627
28  

Follow

Get every new post delivered to your Inbox.