पोखरामा भ्यालेन्टाइनको रौनक

February 15, 2011 at 12:38 pm Leave a comment

शिव शर्मा
कास्की–कार्ड सप देखि गिफ्ट सम्म यतिबेला तन्नेरीहरुको जमघट देखिन्छ । स्कुल पढने किशोर किशोरी देखि कलेज पढने युवक युवतिहरु अहिले आफुलाई मन पर्ने मान्छेका लागि गिफ्ट देखि भ्यालेन्टाइन कार्डहरु आदानप्रदान गर्नमा व्यस्त देखिन्छन् । प्रेम दिवसमा गुलाफको फूल, कार्ड र मिठाई ले विशेष महत्व राख्ने गरेको छ । यस दिनमा रातो गुलाफको फूल विशेष आकर्षण वन्ने गरेको छ ।
एक आपसमा भावना साटासाट गर्नका लागि प्राय युवायुवतिहरु यही दिनको प्रतिक्षा गर्ने गरेको पाईन्छ । सवैभन्दा बढी गिफ्ट आइटम तथा कार्डहरुको कारोबार हुने चिप्लेढुङ्गा स्थित आर्चिज ग्यालरीमा भ्यालेन्टाइन डेको आगमन अगावै देखि भीड बढेको हो । विशेष गरी रातो गुलाब र भ्यालेन्टाइन गिफ्टहरुको बिक्री बढी छ, ग्यालरीका प्रोपराइटर शंकर पराजुलीले भने–‘टिनएजर देखि पाका सम्म भ्यालेन्टाइन गिफ्ट आइटम लिन आउने गरेका छन् ।’ झनै डेटिङ स्पटहरुमा त प्रेमीप्रेमिकाहरु नभेटिने कुरै भएन । हो त भ्यालेन्टाईन डे आउनु अगावै फेवानगरीमा यस्तो चहलपहल बढेको हो ।
हुलका हुल जोडीहरु मोटरसाइकल तथा स्कुटरमा बत्तिदै डेटीङ स्थलहरुमा पुगेको सहजै देख्न पाईन्छ । लेकसाइडको पामेमा भेटिएका दुई युगल जोडीहरु प्रेम दिवस अर्थात भ्यालेन्टाइन डेको सदुपयोग गदै भर्खर फक्रिएको प्रेमलाई चिरस्थाथी बनाउन आएको बताए ।
पटक पटक आफनो नाम पत्रिकामा उल्लेख नगरिदिन आग्रह गदै उनिहरुले भने– ‘माया बसेपछि हामी दुवैले यही ठाउ“लाई नै डेटिङ स्पट बनाएका छौ ।’ उनिहरु मात्रै हैन अधिकांश भ्यालेन्टाइन जोडीहरु यस्तै एकान्त र मनोरम ठाउ“लाई एक अर्काको प्रेम साट्ने एकान्त स्थल बनाउने गरेका छन् । लेकसाइड, वेगनासताल, रुपातालमा पनि डुङ्गाको शयर गर्ने प्रेमजोडीहरु निकै भेटिन्छन् ।
प्रेमी तथा प्रेमीका नभएकाहरु धेरै तन्नेरीहरु भ्यालेन्टाइन डे बाट जोडी बनेको पाइन्छ । प्रेम गरेका मात्रै हैनन वैवाहिक जीवनमा बाधिएकाहरु समेत भ्यालेन्टाइन डेमा फुर्मान हुने गरेका छन् । यस्तै जिन्स डिजाइन अमुल दास पनि भ्यालेन्टाइन डे मा जीवनसंगीनी लिएर घुम्न जाने सुरमा छन् ।
प्रेम विवाह गरेका उनले भने,‘विगतको सम्झनालाई भ्यालेन्टाइन डेले झनै यादगार तुल्याउछ ।’ प्रेमीप्रेमिका घुमघान गर्ने र रमाइलो गर्ने कुरा त भयो नै भ्यालेन्टाइन डे लाई नै लक्ष्ति गरी यहा“ थुप्रै भ्यालेन्टाइन कार्यक्रमहरु पनि आयोजित भएका छन् । यहा“का डिस्को थेगहरुमा भ्यालेन्टाइन डान्स पार्टीहरु बग्रेल्ती भइरहेका छ्न ।

Advertisement

Entry filed under: Uncategorized. Tags: .

पुरिदै छ रुपाताल

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Recent Posts

 

February 2011
M T W T F S S
« May    
 123456
78910111213
14151617181920
21222324252627
28  

Follow

Get every new post delivered to your Inbox.