Entertainment -मनोरञ्जन

img_0004.jpg
क्रेज फोटोसेसनको

शिव शर्मा चञ्चल
-आफनो फोटोसेसन गर्नु अगाडी मोडल चन्दा थापालाई कमैले चिन्थे । जव उनले लभ्लीपोखरा डटकममा फोटोसेसन गराएर उनकेा तस्विर पत्रिकामा छापियो । त्यसपछि चन्दालाई फोनको लाइन लाग्यो । धेरैले उनलाई म्युजिक भिडियोहरुमा खेल्न आग्रह गर्न थाले । उनले छानेर केही म्युजिक भिडियोहरुमा पनि खेलिन ।
अहिले उनि पोखराकी नाम चलेकी मोडल वनेकी छिन् । ‘फोटोसेसन गरेर साप्ताहिकको मध्यपुष्ठमा तस्विर छापिए पछि मलाई धेरै अवसरहरु आए,’ उनल फुरुङ्ग हुदै भनिन । अहिले उनि जस्तै धेरै फेसेनेवल युवतिहरु फोटोसेसन प्रति आकषिर्त भइरहेका छन् । मोडलिङको वढदो चहलपहलले पनि फोटोसेसनको क्रेज वढेकेा हो ।
अहिले जमाना नै सुन्दरताको छ । हेन्डसम देखिने र हेन्डसम वन्ने चाहना कसलाई हुदैन । यही भएर त अहिले फोटोसेसन प्रति युवायुवतिहरु तानिएका छन् । फोटोजेनिक भएका फेसहरुलाई विभिन्न विज्ञापन एजेन्सिहरुले माग गरेर आफनो व्यापार पर््रवर्द्धन गर्न क्रम पनि पछिल्लो समयमा निकै वढेकेा पाईन्छ । यस्ता थुप्रै अवसर र संभावनाका ढोकाहरु खुल्न थालेपछि पनि फोटोसेसन गर्नेहरुकेा होडवाजी चल्न थालेकेा हो । फोटोसेसनमा युवाहरुको तुलनामा युवतिहरु नै अगाडी देखिएका छन् । तस्विर हेरेरै अहिले सिनेमा देखि म्युजिक भिडियोमा अफर गर्ने लहर शुरु भएको छ । पत्रिकामै प्रकाशित तस्विर हेरेर चलचित्रका निर्माता निर्देशकहरुले अफर गरेर नायिका भएका प्रशस्त उदाहरणहरु छन् ।
पोखराकै मोडल अपेक्षा केसि पनि त्यसको ज्वलन्त उदाहरण हुन । स्थानिय लभ्ली पोखरा डटकमले उनको फोटो सेसन गराए पछि उनको तस्विर पत्रिकामा छापियो । पत्रिकामै छापिएको तस्विर कै आधारमा उनलाई म्युजिक भिडियो , भिजे वन्ने अफरहरु आए । सानो पर्दाको चलचित्र ‘कहा“ विसाउ मनको भारी’मा उनले मुख्य नायिकाको भुमिका गर्नै मौका पाइन । यो सवैको देन उनि पनि पत्रिकामा छापिएको आफनो तस्विर भएको स्वीकार्छिन । ‘फोटोसेसन गरेपछि पत्रिकामा छापिएको तस्विरनै अवसरको पहिलो आधार वन्यो,’ अपेक्षाले भनिन । हुन पनि फोटोसेसन नगरी आफु भित्रै खुम्चिएर वस्ने हो भने कसैले कसैलाई चिन्ने मौका नै पाउदैन । यसका लागि मोडलिङ प्रति रुची राख्नेहरुलाई फोटोसेसन नै एक प्रमुख आधार हो, स्थानिय कोरियोग्राफर रविन्द्र वज्रचार्य भन्छन्- फोटोसेसन पछि पत्रिका र इन्टरनेटमा तस्विर राखेपछि नै मोडलहरुले लोकप्रियता र अवसर पाउने हुन ।
राजधानीमा मात्र होइन फेसेनेवल शहर पोखरामा पनि फोटोसेसनको एउटा श्रृखला नै शुरु भएको छ । फोटोसेसन पछि नै अधिकांश युवायुवतिले आफुलाई मोडलिङको क्षेत्रमा स्थापित गराएका छन् । मोडलिमा आफुलाई स्थापित गराउन युवतिहरुले फेाटोसेसनमा निकै चाख देखाउन थालेका छन् । मिस पश्चिमाञ्चल ब्युटी कन्टेष्टमा मिस फोटोजेनिकको उपाधी जितेकर्ीर् इसिता जिरेल पनि अव आफुलाई मोडलिङ क्षेत्रमा सामेल गराउन चाहन्छिन् । फोटो सेसनलाई उनले मोडलिङको प्रवेश द्धार वनाएकी छिन् ।
थुप्रै मोडलहरुकेा फोटोसेसन गराइसकेको स्थानिय वेभसाइड लभ्लीपोखरा डटकममा फोटोसेसनका लागि आउने युवायुवतिहरुको चापचाप यतिवेला निकै वढेको छ । हामीले उनिहरुकेा खुवि र स्कीन हेरेर फोटोसेसन गराउछौ, लभ्लीपोखरा डटकमका सञ्चालक गणेश खड्का भन्छन्- हामी कहा“ फोटोसेसन गर्न आउनेहरुकेा लाम नै लाग्न थालेकेा छ ।
फेरि पछिल्लो समयमा आएर फोटोसेसनको शैली पनि परिवर्तन भएको छ । सामान्य भन्दा पनि ग्ल्यामरस फोेटोसेसन प्रति युवायुवतिहरुको होडवाजी नै चलेको छ । मैले उसले भन्दा किन ग्ल्यामर किन दिन सक्दिन भन्ने प्रतिस्पर्धा नै छ पोखरामा । हालसालै युवायुवतिहरुलाई केन्द्रित गरेर खोलिएको पोखरा पेज डटकमले इन्टरनेट मोडलिङलाई वढी केन्द्रित गरीरहेकेा छ । वेभसाइटका सञ्चालक तथा वेभडिजाइनर सुरज श्रेष्ठ भन्छन्- छिटो चर्चामा आउन युवतिहरु फोटोसेसन गराउन आतुर हुन्छन् । विभिन्न वेभर्साईटहरुले खिचेका मोडलहरुका तस्विरहरु पत्रपत्रिकाले छाप्न थालेपछि पनि फेाटोसेसन प्रतिको आकर्षा वढेकेा हो । ठुला ठुला आकारमा पत्रिकाहरुले मोडलहरुकेा तस्विरलाई पत्रपत्रिकामा ठाउ दिन थालेपछि अझ विशेष गरी युवतिहरुलाई फोटोसेसनले तानेको छ ।
फोटोसेसन गर्न त्यति सजिलो त कहा छ र – तरीका मिलाएर फोटोसेसन गर्न समय पनि निकै लाग्छ । हाल सालै लभ्लीपोखरा डटकमले मोडल सोनम विष्टको फोटो सेसन गराउदा ७ घण्टा वढी समय लगाएको थियो । ‘मोडललाई मेकअप गदै भिन्न भिन्न डे्रसअप गराउदा त्यति समय त लाग्छ नै,’ थुप्रै मोडलहरुको फोटो सेसन गरिसकेका फोटोग्राफर सञ्जय शाक्यको अनुभव छ ।
साइवर संसार डटकम लभ्लीपोखरा डटकम, परिचय डटकम पोखरासिटी डटकम आदी साइटहरु मोडलहरु फोटोसेसन गरेर नै चर्चामा आएका हुन । फेरी वेभसाइटलाई चर्चामा ल्याउने मोडल र तिनीहरु तस्विर छाप्ने पत्रपत्रिका हो । राजधानी पछिको दोस्रो ठुला फेसनको शहर पोखरामा अहिले फोटोसेसन गर्नैहरुकेा लहर नै चलेकेा छ राजधानी पछिको दोस्रो ठुला फेसनको शहर पोखरामा अहिले फोटोसेसन गर्नैहरुकेा लहर नै चलेकेा छ । ‘यसले मोडलिङलाई पनि उत्साह पैदा गराएको छ,’ कोरियोग्राफर रविन्द्र वज्रचार्यले साप्ताहिक संग भने ।

7 Comments Add your own

  • 1. baburam Adhikari  |  May 31, 2009 at 4:59 pm

    it is very nice

    Reply
  • 2. atmaram  |  June 12, 2009 at 2:13 pm

    that best

    Reply
  • 3. asal khadka  |  August 22, 2009 at 6:31 pm

    you r very butiful girl

    Reply
  • 4. Ram Prasad pokharel  |  September 23, 2009 at 12:01 pm

    i love u & u r vey sexy girl

    Reply
  • 5. tiger  |  September 25, 2009 at 10:04 am

    your heir style and colar is bhalu ko jasto chha

    Reply
  • 6. diwakar sharma  |  October 5, 2009 at 1:44 pm

    u r very sexy girl. how maney boys r u love in this priod?
    I love u also ok. repply me.

    Reply
  • 7. babu  |  January 5, 2010 at 10:06 pm

    hi sexi k6 hal khabar ma sanga married garne ho ta kali

    Reply

Leave a comment

Trackback this post  |  Subscribe to the comments via RSS Feed