Archive for September, 2006

जनतालाई शास्ती

photonews_043.jpgमुलुकले शान्तिको भिख मागी रहको वेला हडताल चक्काजाम र जुलुस निकालेर जनताले कहिले शान्तिको प्रत्याभुति गर्ने । यो त केवल प्रतिगमनलाई सघाउने काम मात्र भएको छ । माओवादी र सरकार आ-आफनै तालमा हिडने हो भने निश्चित रुपमा राजा फेरी सक्रिय हुने दिन आउने छ । यस्तो गंभीर परिस्थितिमा पनि आफनै पाराले हिडने हो भने मुलुकमा फेरी गृहयुद्ध ननिम्ात्येला भने कसैले भन्न सक्दैन । यहिले. लोकतन्त्रले जनतालाई कुनै सुविधा दिएको छैन । यही वन्द हडताल र लुटपाटको राज चलेको छ । यस्ता अवस्था कहिले सम्म रहने हो आम जनताको माओवादी र सरकारलाई यही प्रश्न छ ।

September 13, 2006 at 11:01 am 1 comment

राजधानी पुग्न नसकेका ज्योतिहरु

शिव शर्मा चञ्चलjyoti.JPG

केटाकेटी देखि नै रेडियो एफ.एममा वज्ने गीतहरु उनि निकै चाख दिएर सुन्थिन । सुन्दा सुन्दै गीत गुनगुनाउन पनि थालिन । एफ.एम रेडियोले आयोजना गर्ने प्रतियोगितामा भाग लिएर पुरस्कार पनि वटुल्दै गइन । त्यसपछि त उनमा गीत आउने लहर नै छायो । अहिले सम्म डेढ दर्ुर्इ् सय वटा गीतहरु गाएर पनि छायामा छिन् उनि अर्थात ज्योति गुरुङ । उनि देउराली व्यान्ड संगको संगतले पनि आफुलाई यस क्षेत्रमा आउन थप मदत पुगेको वताइन । अर्चलवोट पोखराकी स्थायी वासिन्दा हुन उनि । विगत ५ वर्षदेखि यहा गायन क्षेत्रमा दिलो ज्यान दिएर लागेकी छिन् । यतिका गीत गाएर पनि उनले आफनै छुट्टै एल्वम भने निकालेकी छैनन् । अरुको एल्वममा गीत गाउदा गाउदै ठिक्कै छ उनलाई । पोखरामा गायिकाको संख्या न्युन छ । आधुनिक पप र आफनै मातृभाषको गीत गाउनका लागि आउने अफरले उनलाई आजभोलि भ्याइनभ्याइ छ । पहिलो पटक उनको ०५८मा प्रमोद मुल्मीको कलि एल्वममा रहेको प्रेम गरेर मलाई किन भुलिदियौ वालेको गीत रेकर्ड भएको हो । उनले गुरुङ सिनेमा मा मात्रै एक दर्जर्न भन्दा वढी गीतमा स्वर दिइसकेकी छिन् । छयाव रानी ङोल्स्योनी वोलको गुरुङ गीत अहिले यहा उतिकै चर्चित छ । राजधानीमा वसेर यति मिठो गीत गाएको भए सायद उनि आज स्थापित भइसक्थिन, गूरुङ संस्कृतकर्मि क्याप्टेन मिनवहादुर गुरुङ भन्छन्- ज्योति वास्तवमा नाम जस्तै गायनमा पनि ज्योति वनेकी छिन् ।

राजधानीतिर उनलाई गायिका भनेर थोरैले चिने पनि पोखरामा भने उनको ख्याति आकाशिएको छ । भर्खर २० वर्षमा टेकेकी ज्योतिले गायनमा थुप्रै सभ्ाावना वोकेर अगाडी वढेकी छिन् । आजभोलि उनि क्या राम्रो स्याउवारी मार्फा गाउ“मै गीत एकाएक चर्चित भए पछि गीत संगै उनको चर्चा पनि चुलिएको छ । । उक्त गीतकी गायिका पनि उृनि नै हुन । आजभोलि उनलाई मेरो एल्वममा एउटा गीत गाइदिन पर्‍यो भनेर यहा तानातान गर्नेहरुको पनि कुनै कमि छैन्ँ । त्यस्तै सुुन्दर शेरचनको युन.मि एल्वममा उनले गाएको कहानिर हरायौ गीत हरेकको ज्रि्रोमा झुन्डिन सफल भएको छ । यति धेरै गीत गाएर पनि तपाईको चर्चा राष्ट्रिय स्तरमा पुगेन नि भन्ने एक प्रश्नमा ज्योतिले भनिन-मोफसलमा वस्नेहरुको राजधानी वस्नेहरुको जस्तो चर्चा नै कहा हुन्छ र । तर उनि पोखरामै रहेर केही गर्न चाहन्छिन् । यतिखेर आफनै एकल एल्वम निकाल्ने तयारीमा लागिरहेकी छिन् । उनले चर्चित गायक गायिका कर्ण्र्ाास, सुक्मित गुरुङ आदी संग पनि गीत गाइसकेकी छिन् । कसैले तिमं्रो स्वर मिठो छ भन्दा उनलाई आफु गायिका वनेछु जस्तो पनि लाग्छ । मैले यस क्षेत्रमा अझै धेरै सिक्नु छ, उनको अठोट छ । संगीतकार लाक्पा लामा लाई आफनो गुरु मान्छिन् । उनि प्राय सेन्टिमेन्टल गीतहरु गाउछिन् । त्यस्ता गीतहरु गाउनमा नै उनलाई आनन्द आउछ । उनले भिडियो फिल्म प्रेम पागल र प्रेम मिलनमा पनि गीतहरु गाइसकेकी छिन् । कन्या क्याम्पस पोखरामा प्रमाण पत्र तहको अध्ययनमा जुटिरहेकी ज्योति हार्मोनियम र गीतार पनि उतिकै राम्रो वजाउछिन् । स्वर राम्रो वनाउनका लागि कस्तो खानामा ध्यान दिनर्ुपर्छ भन्ने प्रश्नमा उनको जवाफ थियो- रियाज गर्नु नै स्वर राम्रो हुनु हो,मैले खाने कुरामा त्यस्तो ख्याल राख्दिन पनि । उनि विहान र वेलुका सधै रियाज गर्छिन् ।

स्वरमा उस्तै मिठास र जादु भएर पनि पोखरामै खुम्चिएर वस्नु पर्दाको पीडा सायद ज्योतिले जतिकै भोगेकी छिन् विष्णु गुरुङले । भारतको कलकत्तामा जन्मेर उतै शिक्षा दीक्षा हासिल गरेकी उनले त्यहा थुप्रै वंगाली गीत पनि गाइन । आफनो स्वरवाट सवैलाई मख्ख पारिन उनले । उनलाई मिठो स्वर भनेर सवैले हुटहुटी वढाउथे । त्यही हुटहुटीले उनले गायन कला तिखारिन पनि । त्यस पछि स्वदेश आएर उनि यसै क्षेत्रमा होमिइन । अहिले यहा गुरुङ गायिकाको रुपमा उनि सुपरिचित छि्न । उनले गुरुङ र दोहोरी गीतमा आफनो छुट्टै स्थान वनाएकी छिन् । आफनै जन्मथलो लमजुङको नालमा गाउको रोधीले पनि उनलाई उठायो । पहिलो पटक ०४६ सालमा छयान्ले चिमिनो एल्वममा आफनो स्वर दिएकी थिइन उनले । अहिले उनले गाएको मार चादी अचैदी हिरामोति वोलको गूरुङ गीत चर्चामा छ । उनले १ सय भन्दा वढी गीत गाइसकेकी छन् । तिनमा अधिकाश गीतहरु गुरुङ भाषाका छन् । उनका केही लोक तथा दोहेारीगीतहरु पनि फुटकर एल्वमहरुमा रर्ेकर्ड भइसकेका छन् । दोहोरी गीतको कार्यंक्रम लिएर उनि हङकङ, कतार मलेशिया लगायत नेपाल अधिराज्यका विभिन्न ठाउमा पुसिकेककी छन् ।

३४ वषिर्य विवाहित विष्णु गीत मात्रै गाउदिनन् फर्ुसद पाउने वितिकै कापी कलम लिएर गीत रचना गर्न पनि तम्सिन्छन् । दुइ छोराकी आमा विष्णुलाई उनिहरुको हेरचाह संगै गायनमा पनि खटिनु पर्छ । उनका श्रीमान विदेश छन् । यसैले उनलाई घरपरिवार को हेरचाह को जिम्मेवारी पनि छ । तर पनि उनलाई भ्याइ नभ्याइ छ । गुरुङ चलचित्रहरु देखि लएर गुरुङ गीतमा गीत गाउनका लागि उतिकै अफर आउछ अचेल उनलाई । यसैमा नै उनि सन्तुष्ट छिन् । घरको जिम्मेवारी वढे पनि श्रीमानको सर्पोटले उनमा गाउने रहर मरेको छैन । विवाह पछि महिलाहरु आफनो कलावट पलायन हुन्छन भन्ने भनाइलाई उनले गलत सावित गरीदिएकी छन् । विवाह पछि मेरो गायन कला झनै निखारिएर आएको छ, उनले नारी संग भनिन । (समाप्त)

September 13, 2006 at 10:41 am Leave a comment

सन्तान विदेश पठाउने लोकतन्त्रवादी नेताहरुको हर्कत

सन्तान विदेश पठाउने लोकतन्त्रवादी नेताहरुको हर्कत

शिव शर्मा चञ्चल

लोकतन्त्र आखिर नेताहरुको रजाई गने थलो रहेछ । उनिहरुको नै पेवा रहेछ लोकतन्त्र । सिंधा साधा र र्सवसाधारणका लागि केही रहेनछ । र्सवसाधारणलाई गुमराहमा राखेका छन् । लोकतन्त्रको फाईदा तिनै दलका नेताहरुले उर्ठाईरहेका छन् । त्यही फाइदा यहाका स्थानिय दलका नेताहरुले उठाए । जापानको कोमागाने नगर र पोखरा उपमहानगरपालिका भगिनी सम्वन्धका लागि जापानको निमन्त्रणमा नेताहरुले आफनै छोराछोरीलाई त्यहा जाने चाजोपाजो मिलाए । के त्यसको लागि नेताकै छोराछोरी र आसपासेलाई छनौट गर्नु पथ्र्यो र – उनिहरु मात्र थिए जापान जानका लागि योग्य । यो सवै नेताहरुको लोभी चरित्रको उपज हो । यसले आमर्सवसाधारणलाई नैराश्य मात्र हैन आक्रँेसित समेत वनाएको छ । यसले कुनै पनि हालतमा लोकतन्त्रमा राम्रो सन्देश छरेको छैन । अहिले सवैतिरवाट यो कार्यको त्रि्र आलोचना भएको छ । विद्यार्थी संगठनहरुले पनि यो मनपरी तन्त्रको त्रि्र विरोध गरेका छन् । कुनै पनि हालतमा यो कार्य उचित छैन । र कसैलाई पनि स्वीकार्य छैन । यसले लोकतन्त्रप्रेमीहरुको मनमा आघात पुर्‍याएको छ । नेताहरु सुध्रिएकी भनेर अड्कल काटेका जनताले फेरी उही १२ वर्षेा कालो अनुहार दोहोराएका छन् । नेताको चरित्र अहिले पनि जस्ताको त्यस्तै रहेकेा यसले थप पृष्टि गरेकेा छ । जनता माथि अहिले उनिहरुको रजाई चलेको छ ।

जापान पठाउनका लागि कास्कीका जिल्ला नेताहरुले भागभण्डा गरी आफना सन्तानहरुको सुची तयारपारे । त्यो सुचिमा र्सवसाधारणका छोराछोरीको पहुच पुग्न सकेन । जव की उच्च आर्थिक हैसियत नभएका र सामान्य विद्यालय पढेका नगरका विद्यार्थीहरुवीच वाट छनौट गरिनुपर्नेमा एकाएक नेताहरुले आफनै मनोमानी ढंगले आफनै सन्तानलाई त्यहा पठाउने निर्ण्र्ाा गरे । भदौ ७ गते जापान जाने सुचीम रहेका विद्यार्थीहरुमा एमाले कांग्रेस जनमोर्चा र प्रजातान्त्रिक कांग्रेसका जिल्ला नेताका छोराछोरी छन् । र्सवसाधारणले आफना सन्तानका लागि भ्रमण खर्चका लागि एक लाख रुपैया तिर्न नसक्ने भएपछि आफना सन्तानलाई पारेकेा नेताहरुले वताएका छन् । जताततैवाट यसको व्यापक आलोचन छाएपछि उनिहरुले लाज पचाउन यस्तो अभिव्यक्ति दिएको र्सवसाधारणहरुकेा आक्रोस छ । र्सवसाधारणलाई एक लाख तिर्न नसक्ने हैसियतमा राख्ने नेताहरु लाखौ तिर्नै हैसियतमा कसरी पुगे । यो सव जनताले उनिहरुलाई १२ वर्षसम्म सत्तामा पुर्‍याएपछि नै उनिहरु जनता भन्दा माथि पुगेका हुन । सायद यो कुरा ती नेताहरुले विर्सर्ैैस्तो छ । तर उनिहरुले गरेकेा कर्तुत भने जस्ताको त्यस्तै घाम झै र्छलङ्ग छ ।

जिल्ला स्तरका नेताहरुले यसरी लोकतन्त्रको फाइदा हरेक कुरामा उर्ठाईरहेका छन् । जे कोटा आउछ आफनै छोराछोरीको पोल्टामा पारेर दाइहाल्ने गरेका छन् । सत्ताको दुरुपयोग गरी आफनै दुनो सोझाउनु वोहक नेताहरु अहिले सम्म के गरेका छन् । उनिहरुले गरेका उपलब्धिमुलक कार्य अरु अहिले सम्म केही भएको छैन । कसरी हुन्छ आफु र आफनो परिवारको स्वार्थका लागि उनिहरु भरमग्दुर ढंगले लागेका छन् । केन्द्रिय तहमा वस्ने नेताहरु ले त झन आफना सन्तान विदेशका महंगा महंगा विश्वविद्यालहरु पढन पठाएका छन् । यो सवै हैसियत उनिहरुमा त्यही १२ वर्ष सम्म गरेकेा राज्यसत्ताको मोजमस्तीले नै पुर्‍याएको हो । यो कुरा नेताहरु स्वीकार गर्न तयार हुदैनन् । तर यो तितो वास्तविकता हो ।

पोखरामा अहिले जिल्लाका नेताहरुले छानी छानी आफनै सन्तानलाई जापान पठाउने तय गरेपछि यसको विरोध गदै तत्काल त्यो सुची भंग गरी र्सवसाधारणलाई त्यो सुचि भित्र पार्नु पर्ने आवाज चर्को रुपमा उठेको छ । तर नेताहरुले टेरपुच्छर लाएका छैनन् । विभिन्न वहाना वनाउदै चोखिने काम मात्र गरेका छन । हामी मात्र एक लाख रुपैया तिर्ने क्षमताका हौ भन्ने घमण्ड नेताहरुले देखाइरहेका छन् ।

लोकतन्त्र ल्याएर जनताले आखिर रजाई अहिले नेताहरुले गरिरहेका छन् । विदेश भ्रमण पठाउने यो त एउटा उदाहरण मात्र हो । आफना सन्तानलाई छात्रवृत्ति नै पारेर विदेश पठाउने नेताहरुको कुनै कमि छैन । यसले पनि राजनितिक दलहरु जनताप्रति उत्तरदायी छैनन भन्ने कुरा प्रष्ट हुन्छ । मुलुकको चुरो समस्यालाई वेवास्ता गदै आफना जिल्ला तहका नेताका छोराछोरीलाई विदेश पठाउने चाजोपाजो मिलाइदिने सत्ताधारी नेताहरुको उही पुरानो हर्कत हो । यसले नेताहरुकेा पुरानो शैलीकेा सत्ता दूरुपयोगको छनक दिन्छ । अहिले यही चरित्र आफुलाई लोकतन्त्रको हिमायति ठान्ने दलहरुले गरिरहेका छन् । अहिले भागवण्डा गरेर आफना छोराछोरीलाई विदेश भ्रमणमा पठाउने नेताहरु भोलि अरु ठुला योजनामा आफनै सन्तानलाई हुलेर विदेश नपठाउलान भनेर कसैले पनि भन्न सक्दैन । लोकतन्त्रमा नेताहरुलाई यस्तो रजाइ गर्न दिइएको हो वा जनता प्रति उत्तरदायी हुन यसकेा जवाफ अव ति नेताहरुले दिनै पर्छ ।

September 13, 2006 at 8:11 am Leave a comment


Recent Posts

September 2006
M T W T F S S
 123
45678910
11121314151617
18192021222324
252627282930