Archive for May, 2007

रिया बनिन पहिलो पोखरा समलिङ्गी सुन्दरी

शिव शर्मा
पोखरा-लहरै प्रतिस्पर्धीहरु क्याटवाक गदै स्टेजमा प्रकट भए । स्थानिय उद्योग वाणिज्य संघको सभाहलमा खचाखच दर्शकले जोडदार तालीले उनिहरुलाई स्वागत गरे । कार्यक्रम थियो सौर्न्दर्य प्रतियोगिता । पोखरामा लामो समयको रिक्ततालाई पर्ुण्ाता दिदै यसरी आयोजना भएको मिस टिन, किड क्विलन एवं मिस पोखरा प्रतियोगिता भने हैन ।
तर पनि प्रतियोगिता भने सौर्न्दर्य नै रहेकेा थियो । पहिलो पटक नौलो विहानी नामक संस्थाले यहा“ आयोजना गरेकेा पहिलो पोखरा समलिङ्गी प्रतियोगितामा ठेलाम्म ठेल दर्शकले उनिहरुलाई हौसला दिइरहेका थिए ।
लुकेर रहेका समलिङ्गीहरुलाई बाहिर ल्याउने र उनिहरुकेा प्रतिभा प्रष्फुटन गर्ने उद्देश्य राखी आयोजना भएको प्रतियोगितामा अमरसिंहचोकी २१ वषिर्या रिया गुरुङले पहिलो पोखरा समलिङ्गी सुन्दरी प्रतियोगिताको ताज पहिरिन सफल भइन । टप थ्रि राउन्डमा पुगेका उनि सहित दर्ुइ जना प्रतियोगिहरुलाई ब्युटिसियन मिना गुरुङले सोधेेको यदि तपाई पोखरा समलिङ्गी सुन्दरी बन्नु भयो भने समाजमा लुकेर रहेका समलिङ्गीहरुलाई के सन्देश दिन चाहनुहुन्छ भन्ने प्रश्नमा रिया अर्थात राजु गुरुङले समाजमा समलिङ्गीहरुलाई हर्ेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जनचेतनामुलक अभियानमा जुटने सटिक उत्तर दिएर उनले ताज आफनो पोल्टामा पारेकी हुन । (more…)

May 24, 2007 at 11:24 am 2 comments


Recent Posts

May 2007
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28293031