आगमन नया वर्ष

April 14, 2007 at 1:08 pm 1 comment

आगमन नया वर्ष
शिव शर्मा
पोखरा-नया वर्ष नया उमंग । ‘ह्याप्पी न्यु एयर’ आगमनको अघिल्लो दिन देखी नै कामना र शुभेच्छाहरु एक आपसमा बा“डीरहेका हुन्छन् एक अर्कोमा दर्ीघायु , चिरायु र प्रगतिको शुभकामना साटा साट गर्छन् ।
यतिबेला ०६३ लाई विदाई गदै ०६४ को आगमन भएको छ । । इन्टरनेट, च्याटिङ, र मोवाइल फोनमा न्यु एयरको शुभकामना आदानप्रदान गर्न सवैजना व्यस्त छन् । अहिले सवैतिर अनि हरेकको मुखबाट एक पटक निस्किहाल्छ-‘नया वर्षो मंगलमय शुमकामना ।’ न्यु एयर केवल शुभेच्छा आदानप्रदानमा मात्र सिमित रहदैन । हरेकले एउटा-एउटा नया योजना बनाएकै हुन्छन् । कुनै राम्रो काममको शुरुवात होस की कुनै नराम्रो बानी छुट्टाउने त्यो प्रतिज्ञा गर्छन अव नया वर्षेखि ।
न्यु एयरकै स्वागतार्थ अघिल्लो रात शहरका प्रत्येक होटल रेष्टुरा, डिस्को थेक , दोहोरी र गजल रेष्टुरामा चमकधमक नै बेग्लै हुन्छ । मनोरञ्जनमा लिप्त हुनेहरु रातभर मस्त हुन्छन् । न्यु एयर मनाउने शैली सवैको आ-आफनै छ । कोही नया ठाउ“ घुम्न जाने, डिस्को डान्समा रमाउने, पिकनिक जाने, नया पार्टर्ीी सहभागी हुने र होटल रेष्टुरामा सपरिवार भेला भएर न्ाया स्वाद लिदै नया वर्षमनाउने गर्छन ।
अहिले गत वर्षजस्तो अशान्त छैन । त्यही भएर नया“ वर्षा लागि होटल लजहरुमा धमाधम कार्यक्रमहरु आयोजनाका लागि अग्रिम बुकिङ भइरहेका छन् । होटलहरुले पनि नया वर्षा लागि भनेर विशेष कार्यक्रमहरु आयोजना गर्ने गरेका छन् ।
पोखराकै दिपस्थित एप्पल क्याफेमा नया वर्षो कार्यक्रमको लागि वुकिङ भइसकेको छ । क्याफेका संचालक करुण तुलाचनका अनुसार नया वर्षै दिन यहा“ न्यु एयर डिजे धमाका तथा फेसन शेा हुदैछ । पोखराका प्रत्येक डिस्को थेक देखी गजल र दोहोरी रेष्टुराहरु नया वर्षा कार्यक्रमहरुले भरिभराउन भइसकेका छन् । लेकसाइडकै चर्चित डिस्को थेग प्याराडिसो त झन एक हप्ता देखि नै नया वर्षाई लक्ष्ति गरी डान्सपार्टि भइरहेकेा छ ।
नया वर्षो स्वागत गर्न लेकर्साईडको वातावरण अहिले झिलीमिली छ । उज्यालो प्रकाशको छायामा झलक दिखलाजा देखि नेपाली रिमिक्स मैच्याङ्………मैच्याङ् गीत रात परेपछि अझ बढी गुन्जिन थालेको छ । गीतको तालमा मस्त हुनेहरु असिनपसिन हुदै नाचीरहेका छन् । ह्याप्पी न्यु एयर इन्जोय प्लिज यही बाक्य मुखवाट फुस्काउदै तन्नेरीहरु मस्की मस्की झुमीरहेका छन् ।
राजधानी देखि डिजेहरु नया वर्षा सौखिन पोखरेलीहरु लाई नचाउन यहा“ आइपुग्छन् । गायक कलाकारको त झन कुरै वेग्लै । यस पटक चर्चित पप हस्तीहरु सुगम पोख्रेल, क्रान्ति आले दीपक वज्रचार्यहरुले आफना चर्चित गीतले यहा“का दर्शकहरुलाई मनोरञ्जन दिदै आफुहरुले समेत नया“ वर्षो स्वाद पर्यटकीय शहरमा लिदै छन् । उनिहरु मात्र हैन देशका विभिन्न भागबाट नया वर्षयतै मनाउन यहा“ धुइरिनेहरुको संख्या कम छैन । राजधानीबाट आएकी अस्मिता यस पटक पोखरामै साथीहरु संग नया वर्षमनाउदै छिन् । कसरी त – उनि भन्छिन्-पोखराका रमाइला-रमाइला स्थलहरुको अवलोकन गरेर ।
गत साल लोकतन्त्रका लागि सडकमा उर्तदा नया वर्षो स्वाद चाख्न नपाए पनि यस पटक भने निस्पिmक्री नया“ वर्षो उमंगमय वातावरणमा रमाइरहेका छन् । गत वर्षआन्दोलनका कारण नया वर्षो अनुभव गर्न पाइएन, कन्या क्याम्पस पोखरामा अध्ययनरत कोमल हिराचन भन्दै थिए-‘यस पटक भने रमाइलो हुने भयो ।’ नया“ वर्षा तन्नेरीहरु डिस्को डान्समा नै मस्ती भएर रात कटाउछन् । यसो भन्दैमा फेरी दोहोरी र गजलमा झुम्नेहरु छैनन् भन्ने हैन ।
दोहोरी र गजलमा रमाउने एउटा जमात पनि यही छ । चिप्लेढुङ्गा स्थित दीपशिखा गजल रेष्टुरेन्टका संचालक चित्र अधिकारी भन्छन्-‘परिवार सहित आउनेहरुले गर्दा गजल रेष्टुरेन्टमा नया वर्षो यहा“ भिन्ने रौनक छाउछ ।’ दोहोरी रेष्टुराको कुरा झन बेग्लै छ । उमेर ढल्केकाहरु दोहोरीमा पुगेर नया वर्षो स्वाद फर्ेछन् । राजधानी संगै पोखरामा नया“ वर्षमनाउने शैलीमा परिवर्तन हुदै गएको छ । पश्चिमेली संस्कृतिको प्रभाव संगै नया वर्षा खाने र नाच्ने चलन त पुरानो भइसकेको छ । नया ठाउ“मा घुम्न जाने र पार्टि दिने चलन अहिले आएर अलि फस्टाएको छ, भर्खर पृथ्वीचोकमा रोधी घर संचालन गरेका पर्ुव मिष्टर कास्की दीपक बानिया भन्छन्- पुरानो शैली लाई छाडेर नया वर्षमनाउने नया शैली विकसित भएको छ ।
गत साल त नया वर्षो संघारमा टेक्दा नेपाली जनता सडकमा आन्दोलन चर्काइरहेका थिए । नया वर्षर नया उमंगले उनिहरुका लागि त्यति बेला कुनै संकेत नै गरेन । एकोहोरो लोकतन्त्र प्राप्तिका लागि नेपाली जन सडकमा गोला र बारुदको प्रतिकार गदै लोकतन्त्रका चर्का नारा उराल्दै हिडे ।
केही विर योद्धाहरुकेा रंगतले धरती सिंचीत भए पछि बल्ल १९ दिने जनआन्दोलन उत्कर्षा पुग्यो । त्यही आन्दोलनको आ“धीले नेपाल जनताले बर्बर राजा ज्ञानेन्द्रको सत्ता पल्टाएर छाडे । यस पटकको नया वर्षभने नेपालीहरुका लागि शुभ भएको छ । हर्षर उल्लासका साथ मनाए नया वर्ष।

नया वर्षो स्वागार्थ फेवा महोत्सव
नया वर्षो स्वागत संगै पोखरामा आन्तिरिक तथा बाह्य पर्यटन पर््रवर्द्धन गर्ने उद्देश्य सहित शनिवार देखी ९ दिन सम्म लेकसाइडको क्याम्पिङचोकमा चौथो फेवा महोत्सव शुरु भएको छ । बेहुली झै सिंगारिएको महोत्सव स्थलमा स्वदेशी तथा विदेशी पाहुनाहरुको घुइचो देखिन्छ । फेवातालको चिसो सिरेटो संगै महोत्सवमा रमाउनेहरु मन्त्रमुग्ध भइरहेका छन् ।
पर्यटन सचिव माधवप्रसाद घिमिरेले उद्घाटन गरेका महोत्सवमको अवसरमा विभिन्न जनजातीहरुले आकर्ष झाकीहरु निकालेका थिए ।
महोत्सवलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी, कर्न्सट, रत्यौली प्रतियोगिता, जलकुम्भी झार निकाल्ने लगायत विविध सांस्कृतिक कार्यक्रमहरु राखिएका छन् ।
दर्ुइ लाख भन्दा बढी पर्यटक भित्राउने उद्देश्य सहित आयोजना भएको महोत्सवमा रेष्टुरेन्ट, कृषि तथा गार्मेन्ट गरी १ सय २० वटा स्टलहरु राखिएका छन् । यस अगाडी तीन दिन सम्म मात्र आयोजना हुने महोत्सव यस पटक बढाएर ९ दिन पुर्‍याएको छ । मुलुकको स्थिति सहज हुनु र पोखरा भ्रमण वर्षो घोषणले गर्दा महोत्सवको अवधि लम्ब्याइएको आयोजकहरु बताउछन् ।
पोखरा भ्रमण वर्ष२००७ को लक्ष्यलाई सघाउ पुर्‍याउन नया वर्षो अवसरमा आयोजना गरिएको महोत्सव वैशाख २ गते सम्म संचालन हुदैछ । महोत्सव अवधि भरी आगन्तुकहरुलाई होटल तथा रेष्टुराहरुमा उच्च्ा स्तरको व्यवस्था गरिएको छ ।

Entry filed under: Uncategorized.

माओवादीको दसवर्षे यात्रा स्पाको मञ्जा

1 Comment Add your own

Leave a comment

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Recent Posts

April 2007
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30