रिया बनिन पहिलो पोखरा समलिङ्गी सुन्दरी

May 24, 2007 at 11:24 am 2 comments

शिव शर्मा
पोखरा-लहरै प्रतिस्पर्धीहरु क्याटवाक गदै स्टेजमा प्रकट भए । स्थानिय उद्योग वाणिज्य संघको सभाहलमा खचाखच दर्शकले जोडदार तालीले उनिहरुलाई स्वागत गरे । कार्यक्रम थियो सौर्न्दर्य प्रतियोगिता । पोखरामा लामो समयको रिक्ततालाई पर्ुण्ाता दिदै यसरी आयोजना भएको मिस टिन, किड क्विलन एवं मिस पोखरा प्रतियोगिता भने हैन ।
तर पनि प्रतियोगिता भने सौर्न्दर्य नै रहेकेा थियो । पहिलो पटक नौलो विहानी नामक संस्थाले यहा“ आयोजना गरेकेा पहिलो पोखरा समलिङ्गी प्रतियोगितामा ठेलाम्म ठेल दर्शकले उनिहरुलाई हौसला दिइरहेका थिए ।
लुकेर रहेका समलिङ्गीहरुलाई बाहिर ल्याउने र उनिहरुकेा प्रतिभा प्रष्फुटन गर्ने उद्देश्य राखी आयोजना भएको प्रतियोगितामा अमरसिंहचोकी २१ वषिर्या रिया गुरुङले पहिलो पोखरा समलिङ्गी सुन्दरी प्रतियोगिताको ताज पहिरिन सफल भइन । टप थ्रि राउन्डमा पुगेका उनि सहित दर्ुइ जना प्रतियोगिहरुलाई ब्युटिसियन मिना गुरुङले सोधेेको यदि तपाई पोखरा समलिङ्गी सुन्दरी बन्नु भयो भने समाजमा लुकेर रहेका समलिङ्गीहरुलाई के सन्देश दिन चाहनुहुन्छ भन्ने प्रश्नमा रिया अर्थात राजु गुरुङले समाजमा समलिङ्गीहरुलाई हर्ेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जनचेतनामुलक अभियानमा जुटने सटिक उत्तर दिएर उनले ताज आफनो पोल्टामा पारेकी हुन ।
राजधानीबाट आएकी समलिङ्गी आकांक्षले उनलाई ताज पहिर्राई दिएकी थिइन । निर्धक्क आफु समलिङ्गी भएको परिचय दिन नहिच्कचाउने रिया पौडी, नृत्य तथा पत्रपत्रिका अध्ययनमा रुची राख्छिन् । प्रतियोगितामा ताज जितेपछि हषिर्त मुद्रामा उनले साप्ताहिक संग भनिन-अव मलाई झनै समलिङ्गीको क्षेत्रमा काम गर्ने जिम्मेवारी बढेकेा छ । त्यसो त उनि सुनौलेा बिहानी संस्थामा एक वर्षेखि ‘आउट रिड एडुकेटर’ पदमा कार्यरत छिन् ।
पारिवारक बन्देज तथा आफनै समस्याका कारण अपेक्षा गरिए भन्दा पनि कम प्रतियोगिहरुको सहभागिता रहेको प्रतियोगितामा समलिङ्गीहरुलाई हर्ेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन उनिहरुले कार्यक्रम मार्फ आग्रह पनि गदै थिए । प्रतियोगितामा सृजनाचोककी २० वषिर्या बिन्ध्या गौतम -राज) फस्ट रनर अप भईन । उनलाई बुटवलकी समलिङ्गी शान्ति पुनले क्राउन लगाई दिएकी थिइन । उनले समलिङ्गीहरुको भेदभावलाई अव बन्ने नया संविधानले मेटाउन पर्ने विचार राख्दा सभाहलमा ताली गडगडाहट वषिर्एको थियो । प्रतियोगितामा वालिङ स्याङजाकी श्रेया थापा -सुमीत) सेकेन्ड रनर अप बनिन । उनलाई पोखराकी समलिङ्गी मिना गुरुङले ताज लगाईदिएकी थिइन । प्रतियोगितामा सुन्दरी प्रतियोगितामा प्रदान गरिने अन्य टाइटलहरु भने वितरण गरिएको थिएन ।
अग्ली र केही आकर्ष देखिएकी सोफिया लामाको पक्षमा कार्यक्रमको शुरुवात देखि नै हुटिङ गरे पनि सोफिया टप थ्रि राउन्डमा नपुगी बाहिरिएकी थिइन । शुरुमा परिचय राउन्ड हुदै टयालेन्ट शो, प्रश्नोत्तर, टप थि, मोडन गरी अन्त्यमा टप थ्रि गरी चरण छुट्टाइएको थियो । टप थ्रिमा परेका बिन्ध्या गौतम, श्रेया गुरुङ र रिया गुरुङ मध्येबाट रिया गुरुङ पहिलो समलिङ्गी सुन्दरी घोषित भएकी थ्ािईन । उनिहरुको अलवा छाया गुरुङ, सुवानी शाही, सोफीया लामा, बेबी थापा को सहभागीता रहेको थियो ।
पुरुषकेा रुपमा जन्मिए पनि नारी स्वभाव मन पराउने पुरुष समलिङ्गीहरुलाई मध्यनजर राखेर पहिलो पटक आयोजना भएको प्रतियोगितामा समलिङ्गीहरुले समलिङ्गीहरुको यौनिकता अप्राकृतिक नभई प्राकृतिक नै भएको तथा सुन्दरी बन्न सुन्दरता मात्र नभई भित्री आत्म पनि सुन्दर हुनु पर्ने बताएका थिए । समलिङ्गी पनि पुरुष, महिला,तेस्रो लिङ्ग, द्धय लिङ्ग, र इन्टर सेक्सुअल गरी पा“च खाले समलिङ्गी रहेकेा अध्ययनले देखाएको छ । समलिङ्गीहरु समाजमा समान्य मानिस सरह जीवनयापन गर्न सकुन भनेर चेतना प्रवाहका लागि कार्यक्रम गरिएको हो, नौलो बिहानीका संयोजक कृष्ण अधिकारीले भने-आगामी वर्षेखि हामीले कार्यक्रमलाई निरन्तरता दिदै जाने छौ । संस्थाले पोखरामा एक वर्षेखि समलिङ्गी तथा एचआइभीका क्षेत्रमा काम गदै आएको छ ।
पोखरामा अहिले २ हजारको आसपासमा समलिङ्गीहरु रहेका छन् । प्रतियोगतामा सहभागी एक समलिङ्गीले आफनो वास्तविक नाम बताउन चाहेनन् । उनले भने-‘मलाई पुरुषको नाम भन्दा लाज लाग्छ ।’यहा“ विजय भएका प्रतियोगीहरुले काठमान्डौमा हुने प्रतियोगितामा सहभागी हुने अवसर समेत पाउने भएका छन् । समलिङ्गीहरुको हक हितका लागि ब्लु डायमन्ड सोसाइटी ले सात वर्षदेखि निरन्तर काम गर्दै आएको छ । नेपालको कुल जनसंख्याको १० प्रतिशत समलिङ्गी रहेको बताईन्छ ।

Entry filed under: Uncategorized.

पुरिदै छ रुपाताल

2 Comments Add your own

  • 1. RuNa  |  December 1, 2007 at 10:12 am

    Long time no update yar !

    Reply
  • 2. Rohan  |  December 1, 2008 at 2:15 pm

    Ta pani samalingi hoina ra? Bhag liyeko bhaayee tai first runner up hunthis ni bajjiya.

    Arko choti bhaag lee ma-saale

    Samalingeee GUnda ;

    Sotla jasto webside ;

    Reply

Leave a comment

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Recent Posts

May 2007
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28293031