Archive for February, 2007

आफनै पुस्तक विरहका प्रलापहरुको कुरा

img_0927.jpgimg_0937.JPG

मेरो लामो समयदेखिको रहर बल्ल्ा पुरा भयो । पहिलो पटक आफुले सृजना गरेका सृजनाले पुस्तकको आकार लियो । प्रेम विछोड संग सम्बन्धीत भावनाहरुलाई लिएर मैले गीत संग्रह प्रकाशन गरे । संग्रहको नाम हो विरहका प्रलापहरु ।
जसको प्रकाशकीय जिम्मेवारी वहन गरिदिनु भयो पोखराकी चर्चित फेसन डिजाइनर सविता शेरचनले । पुस्तक प्रकाशन मात्र भएन । हालै एक कार्यक्रमका बीच पुस्तकको लोकार्पण पनि भयो । लोकार्पण कार्यक्रमको चाजोपाजो मिलाई दियो नेपाल पत्रकार महासंघ कास्की शाखाले ।
वरिष्ठ साहित्यकार सरुभक्तले मेरो कृतिको लोकार्पण गरिदिनु भयो । कार्यक्रममा पोखराका अग्रज पत्रकार साहित्यकार तथा अन्य विशिष्ट व्यक्तित्वहरु अतिथीको रुपमा आउनु भएको थियो । पुस्तकका जम्मा ७५ वटा गीतहरु रहेका छन् । सग्रहमा रहेकेा एउटा गीत रामकृष्ण ढकालको स्वरमा रर्ेकर्ड समेत भइसकेको छ ।
यसै कृतिवाट केही गीतका टुक्का

यो मेरो छाती भित्र, संधै दुख्ने घाउ तिमी
मेरो चित्कार सुन्ने भए, अझै नजिक आउ

घातै मात्र जिन्दगीमा कतै मेरो साथ छैन
आसु झारी नरोएको मेरो कुनै रात छैन

यस्तै शब्दहरुका मालाहरु मैले कृतिमा उन्ने प्रयास गरेको छु । पहिलो प्रयास हो । गीत लेखेर म गीतकार भए म घमन्ड गर्न चाहदिन । तर गीतकार हुने प्रयास भने निश्चित रुपमा गर्नेनै छु । मेरो यो कृतिलाई तपाई अग्रज तथा पाठकहरुले कुन रुपमा लिनु हुनेछ । मलाई लाग्छ धेरै माया गर्नुहुनेछ जसवाट मैले पुन अर्को पुस्तक प्रकाशन गर्ने अवसर पाउने छु ।
अस्तु

February 6, 2007 at 5:02 pm 3 comments

लहर अन्तरजातिय विवाहको

लहर अन्तरजातिय विवाहको
शिव शर्मा चञचल
पोखरा- भडकिलो र खर्चिलो विवाह आफैमा ठिक हैन । विवाह भन्ने कुरा सामान्य ढंगवाट पनि गर्न सकिन्छ । फेरी मन मिलेपछि विवाहमा जातभात र धनदलौत भन्ने कुरा पनि त हुदैन । तर परम्परावादी सोचाई भएको हाम्रो समाजमा अन्तरजातिय विवाहलाई अझै पनि सहज ढंगले स्वीकारेको पाईदैन । यसलाई चुनौती दिदै लेखनाथ-२ कास्कीका मिलन गुरुङ र पृथ्वीचोक पोखराकी पुजा थापाले न्ाया उदाहरण देखाइदिएका छन् ।
उनिहरुले गएको मंसीर २४ गते आफनो चार वर्षो लामो प्रेमलाई अन्तरजातिय वैवाहिक जीवनमा रुपान्तरण गरेर देखाइदिए । जातिय हिसावले मिलन गुरुङ र पुजा क्षेत्री की छोरी हुन । उनिहरुको विवाह संकर्ीण्ा समाजका लागि त्यतिकै चुनौति पर्ुण्ा त थिदै थियो नै । तर उनिहरुको दरिलो प्रेम सामु समाजको केही जोर चलेन । त्यसो त पुजाको घरमा आमालाई शुरुमा यो विवाह निको लागेको थिएन । आफनै समुदायमा गर्नुपर्छ भन्ने दवाव उनलाई धेरै आयो । तर प्रेमले रंग रुप जातभात केही भन्दैन भने झै पुजा र मिलनले आखिर जे चाहे त्यही भयो । उनिहरुले साधारण तरीकाले अन्तरजातिय विहे गरे । र उदाहरणीय जोडी बने । हाम्रो विहे अन्तरजातिय मात्र हैन छोटो छरितो र फजुल खर्च विना भयो स्थानिय थर्ड आई ब्यान्डका गायक समेत रहेका मिलन भन्छ्न- ‘समाजको कुसंकार तोडनका लागि हामी सवै अब यस्तै उदाहरण वन्नर्ुपर्छ ।’ पुजा पनि फुरुङ्ग नै छिन् भन्छि्न- ‘जे भएपनि हाम्रो प्रेम साकार भइछाड्यो’। (more…)

February 1, 2007 at 11:53 am 1 comment


Recent Posts

February 2007
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
262728