स्पाको मञ्जा

April 17, 2007 at 1:33 pm Leave a comment

151.jpg

स्पाको मञ्जा
शिव शर्मा
चिनवाट भ्रमणका लागि पोखरा आइपुगेकी मिस लि फुलवारी रिर्र्सोर्टमा स्पाको माध्यमबाट शारीरिक तथा मानसिक उपचार गराउन पाउ“दा फर्ुमान भइन । पहिलो पटक पोखरामा पाइला टेकेकी उनलाई यहा“ आएपछि स्पा गर्न नपाउने हो की भन्ने थकथक लागेकेा थियो । उनलाई प्रत्येक १५-१५ दिनमा स्पा गर्नै लत नै बसिसकेकेा छ । तर आफनै देशमा जस्तै उच्च प्रविधीबाट स्पाको मज्जा लुटन पाउ“दा उनि फुरुक्कै परिन । उनले भनिन-‘स्वास्थ्यका लागि म नियमित स्पाको आनन्द लिन्छु ।’
नेपाली संस्कृतिमा स्पा केही नौलो लागेपनि अहिले समयको परिवर्तनले धेरै अनभिज्ञ भइसकेका छन् । छोटो अर्थमा पानीवाट गरिने उपचार विधी नै स्पा हो । यसले प्राकृतिक उपचार विधीको रुपमा पनि लिने गरिन्छ । नेपालमा भने पहिलो पटक १९९८ मा फुलवारी रिर्र्सोर्टको स्थापना संगै स्पा संस्कृति भित्रिएको हो । अहिले राजधानीका केही ठुला हेाटलहरुमा स्प्ाा रहेको छ । मसाज, जयागुजी स्ट्रीम वाथ, साउना वाथ स्वीमिङ आदी स्पा भित्र पर्छ । जडी वुटीको तेल, जयाकुजी, साउन र स्टीम वाथ स्पामा अति आवश्यक मनिन्छ । यी तिनको भुमिका स्पामा महत्वपर्ुण्ा मानिन्छ । तातोपानीको फोहोरावाट वढी मात्रमा स्पाको आनन्द लिइन्छ । स्पा गर्न का लागि अधिकतम उपयोगी समय एक घण्टा हो । एक घण्टा मज्जाले स्पा गरेकेा दर्ुइ हजार शुल्क तिर्नुपर्छ । स्पा एक घण्टाको शारीरिक उपचार विधी भएको स्पा पारखीहरुको धारणा छ । स्पाको फाइदा धेरै भएपछि अन्यत्र खर्च गर्ने पैसा धेरैले स्पा तिर खचिर्ेने गरेका छन् ।
नियमित रुपमा स्पा गरियो भने यसले सौर्न्दर्यमा चमक ल्याउनुका साथै शरीरको दुखाई र रक्तसंचारमा एकरुपता ल्याउछ, फुलवारी रिर्र्सोटमा स्पाको सेवा दिदै आएकी सुधा पुन भन्छिन्-‘तन्नेरी देखिनका लागि पनि स्प्ाा गर्नेहरुको जगजगी छ ।’ उनले पनि नियमित स्पा द्धारा उपचार गराउदै आए पछि शरीरमा स्फर्ुर्ति बढेकेा अनुभव संगालेकी छिन् । कुुनै बेला युरोप अमेरिकामा मात्र लोकप्रिय भएको स्पा हिजोआज नेपाली समाजमा पनि लोकप्रियता हासिल गरिसकेको छ । नया दिल्ली भारतबाट पोखरा आइपुगेका अधवैशे मिष्टर जाफरले स्पाबाट आनन्द लिए । स्पामा रमाउदै उनले भने-स्पा गरेपछि स्वास्थ्य रहन, तनाव कम हुनुका साथै म आफु तन्नेरी भएको महशुस हुन्छ । उनि महिनामा तीन पटक स्पा द्धारा शरीरको प्राकृतिक उपचार गराउदै आएका छन् । स्प्ााले बुढयोली चाडै नहुने तन्नेरी पन ल्याउने एन्टीएजिङ फर्मुला काम गर्छ । साथै आत्म, शरीर र मस्तिषकलाई सन्तुलित बनाउछ, उनले स्प्ााको फाइदा खेलाउदै सुनाए ।
शुरुमा विदेशीहरु बढी हुन्थयो अहिले नेपालीहरुको आकर्षा स्प्ँँम्ँँ हवात्तै बढेको छ, फुलवारी रिर्र्सोर्ट एण्ड स्पाका बजार प्रवन्धक संजीव बानिया भन्छन्- स्पाको फाइदाको बारेमा बल्ल धेरै जना अनभिज्ञ भइसकेछन् । पोखरामा स्पाको सुविधा फुलवारी रिर्र्सोट बाहेक अन्यत्र छैन । साझको समयमा स्पा गर्नेहरुको भीड अधिक लाग्ने गर्छ । मलेशियाका चर्चित स्पा विशेषज्ञ मिष्टर डोनाल्ड चा वाट प्रशिक्षण पाएका तन्नेरी युवा युवतिले यहा“ स्प्ााको सेवा उपलब्ध गराउदै आएका छन् । दिनभरी को थकीत शरीर र फर्ुर्ति बढाउन स्पातर्फतनिने एउटा जमात यहा“ वढेकेा छ अहिले । स्थानिय कलेजमा पल्स टु मा अध्ययनरत एक छात्राले नाम छिपाउदै लज्जालु पारामा भनिन- ‘नियमित स्पा गर्न थालेपछि महिनावारी गढबढी पनि निको भयो ।’ हो त महिना बारी संगै वाथ ढाड दुख्ने, टाउको दुख्ने, आदी समस्या सजिलै निरुपण हुन थालेपछि पनि स्पाको आकषर्ण्र्ााढदै गएको हो ।
तन्नेरी देखि बुढयौली सम्मलाई यतिवेला स्पाले तानेकेा छ । सौर्न्दर्यमा निखारपन र स्वास्थ्यका लागि लाभदायक भएपछि हरेकको आकर्षा स्पा तर्फतानिएको हो स्पाको सेवा दिने रविन्द्र तामाङ सुनाउदै थिए । फुलवारी स्पामा बलिउड नायिका मनिसा कोइराल देखि कलिउडकी झरना बज्रचार्य सम्मले स्वाद चाखिसकेका छन् । त्यसो त स्पाको लागि सवै किसिमको अत्याधुनिक सुविधाहरु यहा“ छन् । स्पालाई आर्कषक तुल्याउन सुगन्ध आउने तेल लेमन, फुल पनि राखिन्छ । शूरुमा विदेशीका लागि भनेर स्थापना गरिएको स्पा संस्कृतिमा नेपालीहरुकेा मोह अहिले थामिनसक्नु भएको छ । एक वर्षअघि सम्म त स्पाको बारेमा धेरै अलमल्ल थिए , अहिले सवैले यसको महत्व वुझन थाले । यही भएर त प्रेमी प्रेमीका एवं सपरिवार स्पाको आनन्द लिन रिर्सर्ाापुग्ने गरेका छन् । अहिले दैनिक रुपमा १० देखि १२ जना सम्म स्पाका लागि आउने गरेकेा रिसोर्टका बजार प्रवन्धक बानियाले जानकारी दिदै भने- म आफै पनि स्प्ााको नियमित ग्राहक हु“ ।

Entry filed under: Entertrainment.

आगमन नया वर्ष

Leave a comment

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Recent Posts

April 2007
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30