जाउ है पोखरा

March 24, 2007 at 6:17 pm 1 comment


शिव शर्मा चञ्चल
पोखरा- छयाङै खुलेका सेता हिमाल र रमणीय दृश्य आहा पोखरा, यहा“ आउने स्वदेशी विदेशीको मुखवाट यही वाक्य निस्कन्छ । फेरी आफनो गन्तव्यमा फर्केपछि अरुलाई पनि एक पटक जाउ“ है पोखरा भन्न्ो निम्तो उनिहरु नै बा“ढछन् । यतिबेला निम्तो स्वीकार्दै पोखरा भित्रने पाहुनाहरु हव्ाात्तै बढेका छन् । पोखरामा अहिले मौसम पनि उस्तै खुलेको छ । आन्तरिक तथा वाह्य पर्यटकहरुकेा आगमनमा पनि ओइरो लागेको छ ।
स्थानिय पर्यटन व्यवसायीहरु पनि मख्ख छन् । होटलहरुमा पर्यटकहरुको बर्साई लम्बीए पछि व्यवसायीहरुलाई सेवा दिनै मुस्किल । यस्तो अवस्था यति छिट्टै आउ“ला भनेर पर्यटन व्यवसायीहरुले कल्पना गरेकै थिएनन् । तर कल्पना वास्तविकतामा परिणत भइदियो । लामो समय सम्म गिरावट आएको पर्यटन क्षेत्रमा अपेक्षाकृत परिवर्तन आएको छ ।
विगतमा जस्तो होटलमा पर्यटकको अभाव झेल्नु परेको छैन, होटल व्यवसायी हर्रि्रसाद गुरुङ भन्दै थिए-‘अहिले पर्यटन व्यवसायीहरुलाई सन्तोषको सास फर्ेर्ने अवस्था आएको छ ।’ होटलमा पर्यटकहरुको स्वागत सत्कारमा तल्लिन हुन पाउ“दा अव संध यस्त ै सहज स्थित रहोस् भन्ने कामना पनि व्यवसायीहरुले गरेका छ्न । पहिला कर्मचारी कटौती गरियो अहिले थप्दा पनि पुग्दैन, लेकसाइडका एक होटल व्यवसायीले साप्ताहिक संग भने । पर्यटकीयस्तरको होटलको संख्या करीब ४ सय छ । तीनको बेड क्ष्ँमता ९ हजार छ । यतिवेला यी होटलका कोठाहरु भरीभराउ देखिन्छ्न् । यस्तो बेला सन्तोष नभए कहिले हुने पर्यटन व्यवसायी श्रीलाल सुवेदी भन्छ्न- दस वर्षो द्धन्द्धले गा“जेकेा पोखराको पर्यटनको मुहार अहिले एकाएक फेरिएको छ ।
संसार भरका मान्छे ओइरिने सुन्दर नगरी पोखरालाई मध्य नजर राखेर नै नेपाल सरकारले भिजिट पोखरा-२००७ को घोषणा गरिदिएको छ । नेपाल सरकारले पोखरालाई क्षेत्रिय गन्तव्य स्थलको रुपमा विकास गर्नै गुरुयोजना अनुरुप यस्तो घोषणा गरेपछि झनै पर्यटन आगमनमा त्रि्रता आएको छ । पर्यटन संस्कृति तथा नागरिक उडययन मन्त्री प्रदीप ज्ञवालीले गएको पुष १७ गते औपचारिक रुपमा भिजिट पोखराको शुभराम्भ गदै एक दशक लामो द्धन्दले व्रि्रेको छवि सुधार गर्दै नेपाललाई सुरक्ष्ँित र आकर्षा गन्तव्यस्थलको रुपमा चिनाउने लक्ष्य संगसंगै आहतमा रहेका पोखरा र आसपासका पर्यटन व्यवसायीको राहतका लागि सरकारले भिजिट पोखराको कार्यक्रम ल्याईएको बताएका थिए ।
भ्रमण वर्षे पोखरमा आन्तिरक पर्यटक ४० प्रतिशत, भारतिय र तेस्रो मुलुकका पर्यटक आगमनमा २५ प्रतिशत वृद्धि गर्ने अभ्रि्राय लिएको छ प्रचुर सौर्न्दर्यको घुम्टो ओढेको पोखरा नगरीमा पहिलो पाइला राख्ने वित्तिकै जसको पनि मन आल्हादित वन्छ । कारण एउटै छ जति सौर्न्दर्य लुटे पनि कसैको धोको पुरा हुदैन । घोडामा शयर गरेर होस् की पैदल पोखरा आसपासमा छयाप्प छयाप्ती देखिएका छन् यतिवेला । झनै भिजिट पोखराको अभियानलाई मर्ूत रुप दिन व्यवसायीहरु अभियानकै रुपमा हिडीरहेका छन् । यही अभियानले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई नेपाल आउने वातावरण सृजना गरेको छ ,पोखरा भ्रमण वर्ष२००७ का ससंयोजक सुन्दर कुमार श्रेष्ठले भने- ‘पोखरामा बढी भन्दा बढी पर्यटक भित्राउन हामी यो देशव्यापी अभियानमा लाग्ने छौ ।’
सन् १९९८ नेपाल भ्रमण वर्षपनि पर्ुण्ा रुपमा सफल भएको हो । अहिले पनि पोखरा भ्रमण वर्षो घोषणा सगै पर्यटक बढने क्रम बढीरहेको छ । विश्वमानै पोखरा विविधता भएको सुन्दर सहर भएकाले विश्वका कुना कुनाबाट पर्यटक यहा“ आउन हतारिन्छन् । पर्यटकको वृद्धी र मुलुकमा छाएको स्थायी शान्तिले पर्यटन व्यवसायीलाई उत्साही तुल्याएको छ ।
भ्रमण वर्ष२००७ ले पोखरमा आन्तिरक पर्यटक ४० प्रतिशत, भारतिय र तेस्रो मुलुकका पर्यटक आगमनमा २५ प्रतिशत वृद्धि गर्ने अभ्रि्राय लिएको पर्यटन व्यवसायीहरु बताउछन् । भिजिट पोखरा अर्न्तर्गत ल्याइएको प्याकेज कार्यक्रमले लमजुङको घलेगाउ“, स्याङजाको सिरुबारी, कास्कीको घान्द्रुकदेखि चितवन, पाल्पा,तनहू“, गोरखाका पर्यटकिय स्थललाई समेटेको छ ।
राजधानी पछि पर्यटकहरुका लागि दोस्रोे गन्तव्यको रुपमा पोखरालाई नै लिने गरिन्छ । रातभर अवेर सम्म हुने पर्यटकीय चहलपहल र खचाखच होटलको दृश्यले पोखराको पर्यटन तग्रिन लागेको अनुमान लगाउन कसैलाई मुस्किल हुदैन ।
एशियाकै तारे होटल फुलवारी एण्ड स्पा पनि बुकिङ ‘रेसियो’ अत्यन्त राम्रो भएको छ । कुनै बेला भुत बंगला जस्तो भएर बन्द हुन अवस्थामा पुगेकेा हेाटलमा अहिले तुलनात्मक सुधार आएको छ । कुनै दिन त १ सय ६५ रुम नै बुकिङ भयो, होटलका बजार प्रवन्धक संजीव बानिया भन्छन्- ‘अहिले ७० प्रतिशत बुकिङ रेसियो छ ।’ यस अघि हेाटलमा मुस्किलले कहिले काही मात्र २५ प्रतिशत बुकिङ हुन्थ्यो ।

सन् २००६ मा पोखरा भ्रमणमा आएका पर्यटकहरुको मासिक विवरण
सिन नं महिना तेस्रो मुलुक भारतीय कुल
१, जनवरी ६७७१ १५७५ ८३४६
२, फवु्रवरी ५१७८ १०३२ ६२१०
३ मार्च ६६१९ १२५५ ७८७४
४ अप्रिल ३३७७ ९०१ ४२७८
५ मे २७३९ १९४७ ४६८६
६ जुन २६१० ३८३२ ६४४२
७ जुलाई ३३७५ २२९८ ५६७३
८ अगष्ट ४२१७ १३४७ ५५६४
९, सेप्टेम्वर ४७१२ २७७५ ७४८७
१०, अक्टुवर ९८९६ ३२४७ १३१४३
११ नोभम्वर १०९१६ १५७८ १२४९४
१२, डिसेम्वर १०१९० २४१२ १२६०२
७०, ६०० २४, १९९ ९४,७९९
-यो पछिल्लो पोखरा पर्यटन कार्यालयले निकालेकेा डाटा हो)
फुलवारी मात्र हैन पोखराका साना देखि उच्च्ा स्तरीय होटलहरुमा पर्यटकहरुको बसार्“इ सन्तोषजनक रहेको छ । बन्द हुन लागेका र बन्द भइसकेका केही होटलहरुमा धमाधम खुल्न थालेका छन् । किन त जवाफ एउटै छ दिनानुदिन पोखरामा भित्रिएका पर्यटक र सहज स्थिति । के छ त यति विछट्टै पोखरा आए पछि पर्यटक भुतुक्कै हुने –
धेरै सौर्न्दर्यपान गराउने दृश्यहरु यही पोखरामा छन् नि त । पोखरा भ्रमण आउ“ने स्वदेशी विदेशी जोसुकै हुन पहिला कञ्चन फेवातालमा बोटिङ गर्न हतारिन्छन् । हरेकको पहिलो रोजाइनै फेवाताल र तालको बिचमा रहेको बाराही मन्दिरको दर्शन । फेवातालमा बोटिङ नगरी केाही र्फकदैनन् । अहिले दैनिक रुपमा फेवातालम बोटिङ गर्नेहरुको लस्कर देखिन्छ । कुनै बेला मेरो कहिले आउ“ला भनेर लामो प्रतिक्षा गर्ने डुङ्गा व्यवसायीहरुलाई चापचाप छ । डुङ्गा व्यवसायी संगठनका अध्यक्ष बुद्धि वहादुर नेपाली भन्छन्-अहिले फेवातालमा डुङ्गा शयर गर्नेहरु दोब्बरले बढेका छन् ।
पोखराकै नजिक रहेको लेखनाथ नगरपालिकामा अवस्थित सात ताल पनि हरेकको नजरमा पर्ने गरेकेा छ । यति मात्र हैन यहा“ अवस्थित महेन्द्रगुफा, गुप्तेश्वर गुफा चमेरा गुफा भित्रको दृश्यावलोकन गर्न पाउ“दाको मज्जा झनै अर्कै छ । दर्ुइ आखा“मा राखेर सजिलै हर्ेन सकिने सराङकोटको टावर, अनदुको डा“डोमा पर्यटक पुग्न हतारिन्छ्न । यहा“वाट पोखरा नगर क्षेत्रको सुन्दर दृश्य मात्र हैन आ“खामै टा“सिन आइपुग्ने हिमश्रीखलाहरु पनि मनमोहक देखिन्छन् । पोखराको गर्भ छिचेालेर बहेकेा सेती नदी, प्रेम वियोग सम्झाउने पातले छा“गोमा पर्यटकहरु हराइरहन मन पराउछन् ।
यहा“ यस्ता सौर्न्दर्यका धेरै अवलोकनीय स्थलहरु छन् जुन वर्ण्र्ाागरेर साध्य छैन । यस्तै स्वप्निल दृश्यहरु हेरर र क्यामेरामा कैद गरेर पर्यटकहरु सितीमिती थाक्दैनन् । यस्ता रमणीय स्थलहरुको अझै विश्वमा प्रचार प्रसार गर्न सके पोखरा विश्वकै लागि एक नमुना पर्यटकीय केन्द्र वन्न सक्छ, होटल व्यवसायी चित्र अधिकार भन्छन्-‘अहिले पोखरामा भित्रिएको पर्यटकको अनुपात पनि धेेरै राम्रो छ ।’ लेकर्साईमा रहेका हेाटल रेष्टुरा मात्र हैनन् नगर क्षेत्रकै होटलहरुमा पर्यटकीय चहलपहल छाएको छ । ट्रेकिङ एजेन्सिहरु पनि फस्टाएका छन् । अन्नपर्ुण्ा क्षेत्रका लागि पदयात्रमा निस्कने पर्यटकहरु पनि सख्या पनि निकै बढेको छ । त्यसो त पोखरा आउने करीव ७० प्रतिशत विदेशी पर्यटकहरु पदयात्रामा नै रमाउने गरेका छन् । उनिहरुमा अधिकांश अन्नपर्ुण्ा क्षेत्रमा नै जाने गरेको पाईन्छ । अन्नपर्ुण्ा क्षेत्र पदयात्राका लागि विश्वकै उत्कृष्ठ दस स्थान मध्येमा पर्नै गर्छ । गत वर्षो तुलनामा पदयात्रा जाने पर्यटकहरु दोब्बर भएको,छ, टे्रकिङ एजेण्ट्स एसोशिएसनका पर्ुव अध्यक्ष टिका सापकोटा भन्छन्-‘ चैत्र सम्म पदयात्रामा निस्कने पर्यटकहरुको ताती नै हुन्छ । अहिले होटल टे्रकिङ मात्र हैनन् पोखराका हरेक क्षेत्रको पर्यटनको रुप फेरिएको छ । अहिले यहा“ अधिक चाइनिज पर्यटकहरुको संख्यामा वृद्धी भएको छ । मुलुकमा स्थिति अनुकुल भएपछि पर्यटक आगमनमा ४० प्रतिशत वृद्धि भएको छ, यो रेसियो अझै बढदै गएको पर्यटन व्यवसायीहरु बताउछन् ।
तस्विरहरु लेखक

Entry filed under: Uncategorized.

सिनेमामा छचिल्कदै छ पोखरा आहा लालीगुरास

1 Comment Add your own

  • 1. Ru.Na  |  April 2, 2007 at 8:02 am

    Shiva Ji,

    Your blog is very good and useful but it seems
    little bit lengthy;people feel boring to read long
    blog so try to shorten coming blogs. Keep it up.

    Reply

Leave a comment

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Recent Posts

March 2007
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
262728293031