Archive for February, 2011

पोखरामा भ्यालेन्टाइनको रौनक

शिव शर्मा
कास्की–कार्ड सप देखि गिफ्ट सम्म यतिबेला तन्नेरीहरुको जमघट देखिन्छ । स्कुल पढने किशोर किशोरी देखि कलेज पढने युवक युवतिहरु अहिले आफुलाई मन पर्ने मान्छेका लागि गिफ्ट देखि भ्यालेन्टाइन कार्डहरु आदानप्रदान गर्नमा व्यस्त देखिन्छन् । प्रेम दिवसमा गुलाफको फूल, कार्ड र मिठाई ले विशेष महत्व राख्ने गरेको छ । यस दिनमा रातो गुलाफको फूल विशेष आकर्षण वन्ने गरेको छ ।
एक आपसमा भावना साटासाट गर्नका लागि प्राय युवायुवतिहरु यही दिनको प्रतिक्षा गर्ने गरेको पाईन्छ । सवैभन्दा बढी गिफ्ट आइटम तथा कार्डहरुको कारोबार हुने चिप्लेढुङ्गा स्थित आर्चिज ग्यालरीमा भ्यालेन्टाइन डेको आगमन अगावै देखि भीड बढेको हो । विशेष गरी रातो गुलाब र भ्यालेन्टाइन गिफ्टहरुको बिक्री बढी छ, ग्यालरीका प्रोपराइटर शंकर पराजुलीले भने–‘टिनएजर देखि पाका सम्म भ्यालेन्टाइन गिफ्ट आइटम लिन आउने गरेका छन् ।’ झनै डेटिङ स्पटहरुमा त प्रेमीप्रेमिकाहरु नभेटिने कुरै भएन । हो त भ्यालेन्टाईन डे आउनु अगावै फेवानगरीमा यस्तो चहलपहल बढेको हो ।
हुलका हुल जोडीहरु मोटरसाइकल तथा स्कुटरमा बत्तिदै डेटीङ स्थलहरुमा पुगेको सहजै देख्न पाईन्छ । लेकसाइडको पामेमा भेटिएका दुई युगल जोडीहरु प्रेम दिवस अर्थात भ्यालेन्टाइन डेको सदुपयोग गदै भर्खर फक्रिएको प्रेमलाई चिरस्थाथी बनाउन आएको बताए ।
पटक पटक आफनो नाम पत्रिकामा उल्लेख नगरिदिन आग्रह गदै उनिहरुले भने– ‘माया बसेपछि हामी दुवैले यही ठाउ“लाई नै डेटिङ स्पट बनाएका छौ ।’ उनिहरु मात्रै हैन अधिकांश भ्यालेन्टाइन जोडीहरु यस्तै एकान्त र मनोरम ठाउ“लाई एक अर्काको प्रेम साट्ने एकान्त स्थल बनाउने गरेका छन् । लेकसाइड, वेगनासताल, रुपातालमा पनि डुङ्गाको शयर गर्ने प्रेमजोडीहरु निकै भेटिन्छन् ।
प्रेमी तथा प्रेमीका नभएकाहरु धेरै तन्नेरीहरु भ्यालेन्टाइन डे बाट जोडी बनेको पाइन्छ । प्रेम गरेका मात्रै हैनन वैवाहिक जीवनमा बाधिएकाहरु समेत भ्यालेन्टाइन डेमा फुर्मान हुने गरेका छन् । यस्तै जिन्स डिजाइन अमुल दास पनि भ्यालेन्टाइन डे मा जीवनसंगीनी लिएर घुम्न जाने सुरमा छन् ।
प्रेम विवाह गरेका उनले भने,‘विगतको सम्झनालाई भ्यालेन्टाइन डेले झनै यादगार तुल्याउछ ।’ प्रेमीप्रेमिका घुमघान गर्ने र रमाइलो गर्ने कुरा त भयो नै भ्यालेन्टाइन डे लाई नै लक्ष्ति गरी यहा“ थुप्रै भ्यालेन्टाइन कार्यक्रमहरु पनि आयोजित भएका छन् । यहा“का डिस्को थेगहरुमा भ्यालेन्टाइन डान्स पार्टीहरु बग्रेल्ती भइरहेका छ्न ।

February 15, 2011 at 12:38 pm 1 comment

पुरिदै छ रुपाताल

शिव शर्मा
लेखनाथ– आसपासका डा“डाबाट बगेर आउने माटोको बहाव र बाढीपहिरोले गर्दा पोखरा उपत्यकाको तेस्रो ठुलो रुपाताल संरक्षणको अभावमा पुरिदै गएको छ ।
अव्यवस्थित रुपमा खनिएका मोटरबाटोबाट बगेर आउने माटोले जलाधार क्षेत्र पुरिदै गएपछि रुपातालको अस्तित्व संकटमा परेको हो । ताल संरक्षण तर्फ सम्बन्धीत निकायले कुनै पहल नगर्दा पर्यटकीय आकर्षण्ँ घट्न थालेको छ ।
‘नगरपालिका लगायत सम्बन्धी निकायले ताल संरक्षणका लागी कुनै पहल नै गरेका छैनन’ रुपाताल पुर्नस्थापना तथा मत्स्य सहकारी संस्थाका अध्यक्ष रामचन्द्र सापकोटाले भने’ तालको सिमसार क्षेत्र समेत सुकेर सुख्खा जमीनमा परिणत भएको छ ।’
गैरसरकारी संघ संस्थाले तालबाट जलकुम्भी झार फाल्ने र ताल सरसफाईमा ध्यान दिएपनि सरकारी निकायले चासो नदेखाएका उनले बताए । उनका अनुसार दुई वर्ष अघि राष्ट्रिय ताल संरक्षण विकास समितिले रुपाताल संरक्षणका लागी २ करोड ७० लाख रुपैया छुट्टाए पनि त्यो रकम निकास भएन ।
‘प्रत्येक वर्ष जलाधार क्षेत्रको भुभाग सुकेर चार रोपनीको दरले सुख्खा जमीनमा परिणत भएको छ’ स्थानिय पर्यटन व्यवसायी दामोदरभक्त थापाले भने, ‘समयमा तालमा बा“ध नबा“धिए तालको अस्तित्व संकटमा पर्नेछ ।’
उनले सात तालको बंगैचा शहर भनेर प्रचार गरिए पनि नगरपालिकाले ताल संरक्षणमा कुनै चासो नदेखाएको उनले गुनासो गरे ।
विश्व संरक्षण संघले १४ वर्ष अघि गरेको अनुसन्धानमा रुपातालको जलाधार क्षेत्रको संरक्षण नभए बीस वर्ष भित्रमा तालको अस्तित्व लोप भएर जाने उल्लेख गरेको छ । तालमा तटबन्धन र बा“ध समयमा नबा“धिए तालको अस्तित्व लोप भएर जाने वर्षो देखि स्थानिय ७४ वर्षिय धर्मभक्त अधिकारीले बताए । उनले अन्य तालहरु भन्दा रुपाताललाई सम्बन्धीत निकायले बेबास्ता गर्दा ताल पुरिदै गएको गुनासो गरे । २०३२ सालामा नापीले तालको १३५ हेक्टर क्षेत्रफल कायम गरेकोमा अहिले आएर त्यो घटेर १ सय हेक्टरमा झरेको छ । त्यस्तै २२ मिटर गहिराई भएको ताल घटेर अहिले ४ मिटरमा सिमित रहेको छ । तालको पानीको मुख्य स्रोत रहेको तालबेसी र दोभानो खोलोको मुहान समेत सुक्दै जान थालेको छ । प्रचुर जैविक विविद्यता र प्राकृतिक रुपले महत्वपुर्ण हुदा– हुदै पनि तालको संरक्षण गर्ने तर्फ कसैले चासो नदिदा ताल पुरिएको छ, वर्षो देखि तालमा डुङ्गा चलाउदै आएका कृष्ण भुजेलले भने, ‘तालको सुन्दरता घटदै जादा पर्यटक नआउदा डुङ्गा व्यवसायीको पेशा समेत संकटमा परेको छ ।’

February 15, 2011 at 12:16 pm Leave a comment


Recent Posts

February 2011
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28