Archive for December, 2006

फनफनी आकाशैको शयर

फनफनी आकाशैकेा शयर
शिव शर्मा चञ्चल
पोखरा-आम्मै कति माथि माथि उडेका । निलो आकाशमा रंगिविरंगी चिल हुन की के हुन् । पहिलो पटक देख्नेहरु यसै भन्दै अकमक्क पर्छन् ।
कोहीचाही उडेको एकटकले हेेरेर आनन्द लिन्छन् । यतिवेला पोखराको सराङकोट माथिको आकाशमा छयाप्ा छयाप्ती उडेका देखिने न चिल नै हुन नत हवाइ जहाज नै । तर त्यसमा उडदा हवाई जहाज को आनन्द भन्दा कम हुदैन । यही भएर त अहिले सराङकोट र लेकसाइड खहरे को आकाशमा प्याराग्लाइडिङ उडेकेा देख्न पाईन्छ । ग्लाईडरको डोरीको सहायतामा फनफनी उड्छन् स्वदेशी हुन या गोरा छाला । तर अधिकांश भने विदेशी पर्यटकहरु नै प्याराग्लाइडिङको मज्जा लिइरहेका भेटिन्छन् यहा“ । त्यही माथि अहिले त सिजन नै हो प्याराग्लाइडिङ उडाउने । पर्यटकहरुको आगमन पनि उतिकै छ पर्यटकीय शहरमा । प्याराग्लाईडिङ नै उडाउने भनेर विदेशी पर्यटकहरु यो मौसममा प्रत्येक वर्षपोखरा आइपुग्छन् ।
। हावाको वेगमा ग्लाईडरकेा डोरी समातेर मनोरम छटाहरुकेा दृश्यावोलकन गदै आकाशमा उडन पाउदा कसको मन नलोभिएला र । त्यसो त पोखरा र प्याराग्लाइडिङ खेल विश्वको पा“च स्थान भित्रमा पर्छ । नेपालको हकमा प्याराग्लाइडिङका लागि सराङकोट र पोखरा आसपासको भुभाग महत्पर्ुण्ा मानिदै आएको छ । (more…)

December 14, 2006 at 10:35 am 1 comment

व्याकुल माइला, राष्ट्रियगान र अमान्यतत्वहरु

2006_b.jpg

सयौ थुङ्गा फूलका हामी,
एउटै माला नेपाली,
र्सार्वभौम भई फैलिएका
मेची महाकाली,
यो अहिले प्रस्तावित भएको नेपालको राष्ट्रिय गान हो । यही गानको विषयलाई लिएर यतिवेला धेरै चर्चा परिचर्चा चलिरहेकेा छ । अखवारका पानाहरु यसैको कृया प्रतिकृयाले रंगिएको छ । व्याकुल माईला अर्थात प्रदीपकुमार र्राई यो गीतका स्रष्टा हुन । कुनै पनि विषयमा वहस चल्नु नराम्रो हैन । त्यो वहसले सुधारको दिशा तर्फलम्कन जसलाई पनि मदत गर्छ । तर व्यक्तिको चरित्र माथी नै आक्षेप लाग्ने गरी टिप्प्ाणी गर्नु किमार्थ राम्रो हैन । अहिले नव र्सजंकको सृजनालाई लिएर केही व्यक्तिहरु उनकेा व्यक्तित्वमा आ“च पुर्‍याउने किसिमले लागिरहेका छन् । र हदै सम्मको नकारात्मक टिप्प्ाणी हुन थालेको छ ।
ब्याकुलले ०५९ सालमा सम्पादन गरेकेा नेपाली गीत संग्रहमा वर्तमान राजा ज्ञानेन्द्र अर्थात जि शाहको रचना समावेश गरिएको छ । यसैलाई आधार बनाएर केही लेखक तथा कविज्युहरुले ज-जसले व्याकुल माइलाको राष्ट्रिय गानलाई वेतुक भनेर टिप्पणी गरिरहेका छन् तिनैले पनि त राजाको दर्शनभेटमा हात ठडाइरहेका थिए होलान् । राजाकै गुनगान गाउनेहरु अहिले लोकतान्त्रिक कवि भनेर हिडीरहेका छन् । फेरी व्याकुलको त्यो गीत संग्रहमा राजालाई मानेर भन्दा पनि जि शाहको रचना भनेर मात्र समावेश गरिएको हो भन्ने कुरालाई भने धेरैले नबुझेको हुन सक्छ । ज्ञानेन्द्र राजकीय शासनवाट जनविरोधी थिए होला तर जि शाहको नामले त उनि गीतकार नै थिए । तिनै गीतकारको रचना गीतसंग्रहमा समावेश गदैमा कोही राजावादी हुन सक्दैन । (more…)

December 7, 2006 at 10:02 am 5 comments

जेम्स एफ मोरियार्टर्ीीअमेरीकी राजदुत

dec1_1.jpgजेम्स एफ मोरियार्टर्ीीअमेरीकी राजदुत)

नमस्कार सबै भन्दा पहिला तपाईले गर्नु भएको निमन्त्रणाप्रति धन्यवाद प्रकट गर्दछु । यो संजालको गठन गर्नु भएकोमा तथा यसकेा पहिलो अधिवेशन गर्न लाग्नु भएकोमा तपाईहरुलाई बधाई छ । यसमा तपाईहरुलाई अझ सफलता प्राप्त होस् ।
मैले विभिन्न संचार माध्यमका पत्रकारहरु संग भेट्ने गरेको छु । यस संजालका केही सम्पादकहरुसंग पनि मैले केही हप्ता अगाडी मेट्न पाएको थिए । मलाई लाग्छ पत्रकार तथा विभिन्न अधिकारीहरुसंगका नियमित तथा खुल्ला अन्तरक्रिया र छलफलहरु सुदृढ लोकतन्ँत्रका लागि अपरिहार्य तत्व हुन ।

पर्ुव अमेरीकी राष्ट्रपति जोन एफ केनेडीले युवावस्थामा केही समय पत्रकारको रुपमा कार्य गरेका थिए । उनलाई एक पटक सोधिएको थियो- राष्ट्रपतिको रुपमा तपाई प्रेसजगतलाई कसरी हर्ेर्नुहुन्छ । केनडीको उत्तर थियो- म पहिला भन्दा धेरै पढछु तर थोरै मात्र रुचाउछु । यसमा व्यङ्ग छ तर अर्थपर्ुण्ा छ । किनकी स्वतन्त्र प्रेसले कतिपय असहज तथा कठिन प्रश्नहरु पनि उठाउनु पर्नै हुन्छ । सक्रिय लोकतन्त्रमा राजनितिकर्मिहरुलाई आफनो पदप्राप्तिका लागि मतदाताहरु समझ जानर्ुपर्दछ । यसका लागि प्रेसप्रति उनिहरु सचेत रहन्छन् र त्यस्ता विषयहरु उठाउछन् जसले प्रेसका स्रोता, दर्शक तथा पाठकहरु अथवा भनौ राजनितिकर्मीहरुका लागि मतदाता लाई प्रभाव पार्दछन् । (more…)

December 1, 2006 at 6:07 pm 2 comments


Recent Posts

December 2006
M T W T F S S
 123
45678910
11121314151617
18192021222324
25262728293031