Archive for November, 2006

शान्ति सम्झौता- नेपालमा नया अध्यायको प्रारम्भ

dsc_8663photo-by-sudarshan.JPG
शिव शर्मा चञ्चल
नेपाल सरकार र माओवादी बीच शान्ति सम्झौतामा हस्ताक्षर हुुनु सवैको लागि खुृशिको कुरा हो । सम्झौता हुनु जति कठिन छ अझै त्यसलाई कार्यान्वयनको दिशामा लैजान त्यो भन्दा पनि कठिन छ । सरकार र माओवादी बीचमा शान्ति सम्झौतामा भएको हस्ताक्षरले मुलुकलाई नया दिशातिर लैजानेमा आम नेपाली जनता विश्वश्त छन् । २०५२ साल फागुन देखि थालनी भएको माओवादी जनयुद्धको क्रममा अनाहकमा १५ हजार भन्दा बढी नेपालीले ज्यान गुमाएका छन् । त्यो शोकलाई शक्तिमा बदल्दै यो शान्ति सम्झौता भएको छ । आम शान्तिकामी नेपालीलाई एउटा शान्ति उपभोग गर्ने सुनौलो विहानी हो ढोका उर्घर्ेेे हो ।
एक पछि अर्को गदै मुलुकको पक्षमा निर्ण्र्ााहुनु जसका लागि पनि खुशिको कुरा नै मान्नर्ुपर्छ । विगत ११ वर्षेखि चलिआएको सशस्त्र द्धन्द्ध समाप्त भएको घोषणा समेत यही सम्झौता मार्फ दल र माओवादीले गरेका छन् । यो सम्झौताले विदेशी विस्तारवाद र सामान्तवादहरुको नेपाल प्रतिको हेर्राईलाई बलियो थप्पड पनि दिएको छ । नेपालीहरु आफनो घर भित्रको समस्या आफनै समाधान गर्न सक्षम छन् भन्ने उदाहरण यो शान्ति सम्झौताले विदेशी षडयन्त्रकारीहरुलाई उदाहरण सहित देखाइदिएको छ । नेपालमा शान्ति र सम्झौता भएको देख्न नचाहनेहरुलाई यो सम्झौताले रनभुल्लमा पारिदिएको छ । आफुलाई र्सवशक्तिमान भएको देखाउने अहंकारी ति राष्ट्रहरुलाई चकीत बनाइदिएको छ । विश्व मानचित्रमै नेपालको नामलाई यसले स्वर्णर्ीम अक्षरले लेखाइदिएको छ । (more…)

November 24, 2006 at 10:13 am Leave a comment

पोखरेली पर्यटनमा सुधारको संकेत

sarankot-poto-9.jpg

यतिवेला पर्यटन क्ष्ँेत्रमा पनि क्रमिक सुधार आएको छ । व्यवसायीहरुलाई तछाडमछाको स्थिति आइसकेको छ । लामो समय देखि पर्यटक पर्खाइको पीडा भोगेका पर्यटन व्यवसायीहरु उत्साहित छन् । नहुन पनि किन अहिले विगत ५-६ महिना यता पर्यटन क्षेत्रमा चहपहल आएको छ । मुलुककै पर्यटकीय क्षेत्रको रुपमा परिचत पोखरामा पनि रमझम छाएको छ पर्यटकहरुको । यसैले त वन्द हेाटल रेष्टृराहरु पनि खुल्ने क्रममा छन् । कतिपय त खुलिसकेका छन् । यो पर्यटन क्षेत्रको उज्जवल भविष्यको रुपमा पर्यटन व्यवसायीहरुले लिएका छन् । निश्चित रुपमा पोखराको पर्यटनमा स्वदेशी तथा विदेशी पर्यटकहरुकेा आगमन भइरहेको छ । उनिहरुको स्वागत सत्कारमा पर्यटन व्यवसायीहरु तल्लिन मात्र हैनन् असिनपसिन समेत हुन थालेका छन् । समसाझै होटल रेष्टुरा वन्द गर्नुपर्ने पीडावाट मुक्त पाएका छन् व्यवसायीहरुले । अहिले देखिएको सुधारले यहा“का होटलहरु अग्रिम वुकिङ हुन थालेका छन् ।
तारे होटल फुलवारी एण्ड स्पा पनि चम्किन थालेकेा छ । पर्यटकहरुलाई लोभ्याउन होटलले विभिन्न प्याकेजहरुलाई अगाडी सारेको छ । वास्तवमा पोखराको फुलवारी होटल पनि पोखराको पर्यटनको शोभा हो । अहिले हामीले केही सन्तोष लिने ठाउ“ आएको छ, फुलवारी होटल एण्ड स्पाका बजार प्रवन्धक संजीव केसी भन्छन्- ‘विगतमा भन्दा पर्यटन क्षेत्रमा अहिले आएर सुधार भइरहेको छ ।’ निश्चित रुपमा अहिले पर्यटकहरु निर्धक्क रुपमा पोखरा भित्रिरहेका छन् । नेपाल घुम्न आउने पर्यटकहरुमा अधिंकाशको पहिलो रोजाइनै पोखरा हुने गरेकेा छ । अहिले यहा“का पर्यटकीय स्थलहरुमा विदेशी मात्र हैनन् स्वदेशी पर्यटकहरुको पनि हूल देख्न सकिन्छ । गोरा छालाका पर्यटकहरुको त झन उतिकै चहपहल छ पोखरामा हिजोआज । विहान देखि राती अवेर सम्म पर्यटकीय केन्द्र लेकसाइडमा ओहोरदोहोर गरेकेा भेटिन्छ ।
तर केही पर्यटन व्यवसायीहरु भने अझै पनि पर्यटकहरुकेा आगमन पोखरामा शुन्य भएको असन्तोष प्रकट गर्छन् । एक पर्यटन व्यवसायी भन्दै थिए-‘एक दर्ुइ पटक देखे भने मिडियाले पहाड बनाएर लेख्छ ।’ उनको भनाईमा धेरै व्यवसायीहरुकेा असहमति छ । अहिले पर्यटकहरुको रमझमले त्यो कुराको खण्डन गर्छ । केही समय अगाडी शुन्य प्राय भएर धराशयी अवस्थामा पुगेकेा पोखराको पर्यटन अहिले देखिएको चहलपहलमा सन्तोष नलिनु ज्यादै दुखको कुरा हो । एकपटक हृवात्तै पर्यटक बढने नभएर क्रमिक रुपमा बढदै जाने कुरा हो । यो कुरालाई व्यवसायीहरुले वुझनर्ैपर्छ । तर अहिले जसले जे भनेपनि पोखराको मात्र हैन देशकै पर्यटन क्षेत्रमा सुधार आएको छ । यो अहिलेकेा वास्तविकता हो । त्यसो त अहिले पर्यटकीय आ“गमनको सिजन पनि हो । गत वर्षो तुलनामा यस वर्षपर्यटकहरुको पोखरा आगमन देाब्बर भएको छ । अझै पनि भ्रमण वनाएर पोखरा आउने पर्यटकहरुको सख्यामा वृद्धि हुने कुरामा पर्यटन व्यवसायीहरु ढुक्क देखिएका छन् ।
फेवातालकै डुङ्गा व्यवसायीको कुरा गरौ । एउटा डुङ्गा चालकको पालो ३ दिनपछि आउथ्र्यो । दिनभरी हाइका“ढेर पालो पर्खैर बस्नु पर्नै वाध्यता थियो । तर अहिले त्यो समस्या छैन । डुङ्गा शयर गर्न आउने पर्यटकहरुकेा हुलले उनिहरुको मुहारमा खुशिको वहार आएको छ । डुङ्गा चालकहरु हौसिदै भन्छन्-अव संधै भरी गोरा पर्यटकहरु फेवातालमा आइरहुन । पर्यटकहरुको बढदो आ“गमनले अहिले धेरै व्यवसायीहरु खुशि छन् । खुशि हुनु स्वभाविक पनि हो । पर्यटकहरु आउन छाडे होटल खाली भयो भन्ने नैराश्यता अहिले टरेको छ । र्
पर्यटकीय नगरीय पोखरा त झन पर्यटकमय भएको छ । त्यसो त अहिले पर्यटक नेपाल भित्रिने सिजन पनि हो । फेरी पोखराका पर्यटन व्यवसायीहरु स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आर्कषण गर्ने खालका अभियान सञ्चालन गर्नमा मािहर वनेका छन् । जसमा वढी भन्दा वढी विदेशी पर्यटकहरुकेा उत्साहप्रद सहभगिता वढेको रहने गरेको छ । वास्ततवमा पोखरा आफैमा सुन्दरताको खानी हो । त्यही भएर त यहा पर्यटकहरु वढी मात्रमा शयर गर्न मन पराउछन् । केवल माछापुच्छ्रेको आकृति मात्र पर्यटकहरुको आकर्षा होइन । पर्यटकहरुलाई आकर्षा गर्ने खालका लोभलाग्दा दृश्यहरु यहा छन् । यहाका आसपासका गाउ“हरुमा पर्यटकहरु पुग्न अझै हतारिन्छन् । घान्द्रकु सिक्लेश धम्पुस पर्यटकहरुका लागि त उद्गम स्थल नै वनेका छन् । यतिवेला यी गाउहरुमा पैदल हिडेर जाने पर्यटकहरुको लावा लस्कर देख्न सकिन्छ । पर्यटकहरु पनि खुशि छन् रमाइला ठाउहरुमा हिडडुल गर्न पाउदा ।
पोखराकेा युरोप भनेर चिनिने लेकर्साईडमा भिन्न्ौ चहलपहल छाएको छ । राती अवेर सम्म लेकसाइडको व्यापारीक कारोवारमा वृद्धि भएको छ । मध्यरात सम्म पनि खुल्लम खुल्ला रहन्छ लेकसाइड । राती अवेर सम्म पर्यटकहरु लेकसाइडमा हिडडुल गरिहेको देख्दा पोखरा पर्यटकमय भएछ भनेर अनुमान लगाउन गारो पदैन । होटलव्यवासायीहरु पनि फर्ुर्तिला देखिएका छन् । खाली कोठाहरु भरिभराउ भएका छन् । कर्मचारीहरुले पनि काम पाएका छन् । ठप्प नै भइसकेकेा व्यवसायी माथि उकासिदा मन प्रफुल्ल हुनु स्वभाविक पनि हो । यही रुपमा अहिले पर्यटकहरु यहा भित्रिने क्रम यथावत नै रहेको छ । यसलाई यहाका पर्यटनवयवसायीहरुले पनि ठुलो उपलब्धि नै ठानेका छन् । अहिले पर्यटन आगमन सन्तोषजनक नै मान्नर्ुपर्छ, रेवान पोखराका अध्यक्ष श्रीलाल सुवेदीको अनुभव छ ।

November 16, 2006 at 6:57 am 1 comment

पोखराको शिरमा टेक्दा

img_0087.jpg
पोखराको टावर सराङकोटवाट एकाविहानै हिमाल हर्ेर्ने स्वदेशी तथा विदेशी पर्यटकहरु हानिएर पुग्ने गर्छन् । यहा“वाट सेता हिमालहरु धितमरुन्जेल हर्ेन पाइन्छ । झन जाडो मौसममा त हिमाल निकै राम्रो खुल्ने गरेकेा छ । त्यही मौकामा चौका हान्न साथी गणेश खड्का संग म पनि झिस्मिसै पोखरावाट सराङकोटतिर हानिए । सराङकोटलाई सबैले पोखराको शिर भनेर भन्ने गरेका छन् । निश्चित रुपमा यहा“वाट हिमाल मात्र हैन पोखरा बजार र फेवातालको दृश्य पनि उतिकै रमाइलो देखिन्छ । जे भएपनि पोखरा आउ“दा जो पनि एकपटक सराङकोटकोे दर्शन नगरी र्फकदैनन् ।
त्यसो त नजिकवाट हिमाल चिहाउन र सनराइज हर्ेनका लागि एकाविहानै नपुगी हुदैन । त्यही भएर त जाडो र चिसोको कुनै प्रवाह नगरी स्वदेशी हुन या विदेशी विहानै लस्कर लाग्छन् सराङकोट टावरमा । क्यामेरावाट जति नै क्लिक क्लिक गरे पनि धित मदैन हिमालको दृश्य हेरेर । नजिकको तिर्थ हेला भने जस्तै म पनि सराङकोट एक वर्षा मुस्किलले जाने गर्छर्ुु यहा“ आउनेहरु दिनहु यही रमाउन पाए भन्दै र्फकने गर्छन् । यस पटक जादा“ भने खुट्टा राख्ने ठाउ“ समेत पाइएन । पर्यटकहरुकेा सनराइज हर्ेर्ने हानथापले ।
शनिवार विदाको दिन परेकाले स्कुल कलेजका विद्यर्ँर्थीहरु हुल बाधेर आएका थिए । साथी गणेश असिनपसिन हुदै आफनो क्यामेरामा हिमाल र पर्यटकहरुकेा हुल कैद गदै थिए । म पनि फुरुक्क पदै क्यामेरामा त्यो रमाइलो दृश्य कैद गर्न पछि परेन । साथी गणेशले त्यही मौकामा मेरो हिमाललाई पृष्ठभुमि पारेर तस्व्िार लिइ हाले । तर यस दिन मौसम पनि निकै चिसो थियो । टावर नजिकै आर्मिको क्याम्प पनि थियो । एक जना साथी आर्मिका लप्टनले हामीलाई तातो चियाले स्व्ाागत गर्दा हाम्रो जाडो सवै त्यही चियाको चुस्कीले खाइदियो । अहिल पर गाउ“मा गएर हामीले भैसीको तातो दुध पनि सनक्क पार्‍यौ । त्यस पछि त के चाहियो र हामीमा फर्ुर्ति नै अर्कै आयो । करीव चार घण्टा विताएपछि हामी त्यहा“वाट पोखरा तिर हानिएका थियौ । यस दिनको सराङकोट यात्रा औधि रमाइलो भयो । हा…………हा…………..हा ……हा

November 13, 2006 at 4:19 am 1 comment

वेपत्ताको र्सार्वजनिक प्रतिवेदन र अस्थिपञ्जर

prem-nepali-kaski.jpgवेपत्ताको र्सार्वजनिक प्रतिवेदन र अस्थिपञ्जर
प्रेम नेपाली

सेनाले वेपत्ता पारेका लमजुङका दर्ुइ वृद्व किसानको अस्थीपञ्जर सौरवास जंगलमा फेला परेको घटना वारे वुझ्न शनिवार पत्रकार र मानवअधिकारकर्मीको टोली पोखरावाट घटनास्थलतर्फहानियौ । विहानको जाडो सिरोठो खादै १३ किलोमिटर पीचवाटो पार गरेपछि कच्चिवाटो शुरु भयो । वेगनासतालवाट करपुटार जाने स“ाघुरो, कच्ची वाटोमा ठाउ“ ठाउ“मा लडदै र धुलो खा“दै दर्ुइ घण्टा यात्रा गरेपछि सौरवास पुग्यौं । कास्कीको रुपाकोट, हंसपुर र थुम्किको सिमाक्षेत्र सौरवासस्थित घटनास्थल नजिकै अघिदेखि नै गाउ“लेहरु हाम्रो पखाईमा वसेका रहेछन । ‘उ त्यही पर हो, सेनाले मारेर गाडेको ठाउ“,’ ६५ वषिर्य स्थानीय टेकनाथ सुवेदीले हामीलाई भने । कच्चीवाटोवाट २० मिटर तल झरेर वाक्लो झ्याङ र झाडि पार गर्दै सय मिटर पश्चिम मोडिएपछि माटोले पुरिएको जमिन देखाउ“दै सुवेदीले भने- ‘शेखरनाथलाई यही खाल्डोमा गाडेको छ ।’
शेखरनाथको चिहान हेरेपछि जंगलको भीरालो जमिन हर्ुर्दै करिव चारसय मिटर उतरपर्ूव हिडेपछि चोतानाथको चिहान पुगियो । घटनास्थलको अनुगमन गर्न पुगेको टोलीलाई गाउ“लेले पा“च वर्षअघि नै सेनाले यहा“ मान्छे मारेर गाडेको थाहा भएपनि त्रासले केही वोल्न नसकेको वताए । टोली घटना वारे स्थानीयवासीस“ग वुझ्न व्यस्त भए ।
दिउ“सो १२ वजिसकेको थियो । छिमेकी जिल्लावाट पीडित परिवार र गाउ“ले घटनास्थलमा नआईसकेकाले उनीहरु आएपछि मात्र अस्थीपञ्जर निकाल्ने निर्ण्र्ााभयो । यस वीचमा २००७ सालदेखि अहिलेसम्मका राजनीतिक गतिविधि, जनताका भोगाई र देशका नायक र खलनायकका वारेमा चर्चा परिचर्चा गरिए । माओवादीको शसस्त्र व्रि्रोहपछि राजा ज्ञानेन्द्रको प्रत्यक्ष शाषन गर्दासम्म मुलुकमा मानवअधिकारको व्यापक हनन भएको सवैले ठहर गरे ।
तीन घण्टाको पैदल हिडेर लमजुङवाट पीडित परिवारसहित शय भन्दा वढि गाउ“ले पौने दर्ुइ वजे घटनास्थलमा आए ।
सवै जम्मा भईसकेपछि राष्ट्रिय मानवअधिकार आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराका प्रमुख अच्युत आचार्यले घटनाको अध्ययन गर्दा मानवअधिकारको चरम उलंघन भएको वताए । उनले दोषिलाई कार्वाहीको कठघरमा उभ्याउन अस्थीपञ्जरको डिएनए परीक्षण गरी कानुनी रुपले वलियो हुनुपर्ने वताउ“दै अस्थीपञ्जरको माग गरे ।
गाउ“लेले घटनाका दोषिमाथि राज्यले कार्वाही गर्ने कुरामा शंका र अविश्वास व्यक्त गरे । ‘आन्दोलनमा चरम दमन गर्ने सुरक्षाकर्मीलाई पुरस्कृत गरेर शहीदको भावनामाथि खेलवाड गर्ने अहिलेको सरकारले कार्वाही गर्ला भनेर कसरी पत्याउनु – ,’ शिक्षक श्रीकान्त अधिकारीस“गै एकस्वरमा गाउ“लेले प्रश्न गरे ।
दोषिमाथि कार्वाहीको लागि कानुनी रुपमा वलियो हुन डिएनए परीक्षण गर्नै पर्ने मानवअधिकारकर्मीको सल्लाह पछि परीक्षण पछि सतगतका लागि फिर्ता गर्ने शर्तमा गाउ“लेहरु अस्थीपञ्जर दिन मञ्जुर भए ।
जिल्ला प्रहरी कार्यालय कास्कीवाट खटिएको प्रहरी टोली र छोरा चन्द्रराजले चोतनाथको चिहान गैची लिएर खन्न थाले । भीड हर्ेनको लागि ठेलमठेल गरी झुम्मियो । कोही रुखमा चढेर खनेको ठाउ“ हेदै थिए । दर्ुइर् इन्च खन्न नपाउ“दै कपडासहितको अस्थ्िापञ्जर फेला पर्‍यो । घरवाट जा“दा लगाएको टोपी, घडि, कपडा र नक्कली दा“तसहितको टाउको र केही हाडखोर भेटिए । आडैमा श्रीमती भागिरथी भरे फर्किहाल्छु भनेर हिडेका श्रीमानको हाडखोर हर्ेर्दै पछौरीले आ“सु पुच्छदै विलौना गर्दै थालिन । अस्थीपञ्जर चोतनाथको भएकोमा कुनै शंका रहेन । ‘दात फुस्केका वुढालाई कसरी मार्न सके होलान-‘ गाउ“लेहरु घटनाको कल्पना गर्दै कहालीदै थिए ।
चोतनाथको हाडखोर वोरामा हालेपछि भीड शेखरनाथको चिहानतिर हिड्यो । वीस मिनेटमा घरवाट जा“दा लगाएको कपडासहितको श्रीमानको हाडखोर देखेपछि श्रीमती राधिका विलौना गर्न थालिन । परिवारको रुवावासीले भीड् स्तव्ध वन्न पुग्यो । ‘घरमै खेति किसानी गरेर वुढि आमा र परिवारको पेट पालेको थिए, कस्को के विगारेका थिए र पापीहरुले यसरी मारेछन,’ राधिकाले रुदै मानवअधिकारकर्मी र संचारकर्मीस“ग दुःखेसो पोखिन-‘कहिल्यै कुनै पार्टर्ीीनेर नहिडेका मान्छेलाई जसले मारेको त्यसलाई पनि सवैको अगाडि कार्वाही गर्नुपर्छ ।’
सरकारले सात महिनाअघिसम्म भोर्लेटार सैनिक वेश क्याम्पको र्सर्म्पकमा राखिएका भनिएका चोतनाथको स्थिति र्सार्वजनिक गर्न माग राख्दै अनसनमा वसेका गाउ“लेहरु अवशेष भेटिएपछि त्रसित, चिन्तीत र आक्रोशित देखिन्थे । धर्ना र अनसन गर्दा पनि राज्य गम्भिर नवनेपछि २०५८ चैतमा कास्कीको सौरवासमा दर्ुइ माओवादी आंतककारी मारिएको समाचारको आधारमा उनीहरु खोजतलासमा निस्केका थिए ।
हुन पनि , नियन्त्रणका व्यक्तिलाई ‘छदैछैन’ भन्नु, मारिएकाको जानकारी नदिनुले ‘संकटकाल र राजा ज्ञानेन्द्रको प्रत्यक्ष शाषनमा सैनिकले मानवअधिकारको खिल्ली उडाएको प्रष्ट हुन्छ । पा“च वर्षअघि मारिएका व्यक्तिलाई सात महिनाअघिसम्म र्सर्म्पकमै छ भन्नुले सरकारले हचुवाको भरमा प्रतिवेदन र्सार्वजनिक गरेको पुष्टि गर्छ । चोतनाथस“ग थुनिएका शेखरनाथको वारेमा केही जानकारी नराख्नुले राज्य नागरिकको सुरक्षाप्रति वेवास्ता गरेको स्पष्ट हुन्छ ।
दुवैको हाडखोर वोरामा हालेर पौने चार वजे जंगलवाट टोली वाटोमा पुग्यो । स्थिति र्सार्वजनिक गराउनु पर्ने मागसहित जारी अनसन स्थगित गराउन गाउ“लेहरु अनुगमन टोलीलाई आग्रह गर्दै थिए । चार वज्न लागि लागि सकेको थियो । दर्ुइ घण्टा पैदल हिडेर कार्यक्रममा सहभागि भएर वेलुकी समाचार सम्प्रेषण गर्न पोखरा र्फकन संभव थिएन । आ“सु झार्दै रोईरहेका आफन्त र गाउ“लेलाई हाम्रो जिम्मेवारी वताएर विदा मागि हामीहरु पोखरातिर फर्कियौं ।
-लेखक कान्तिपुरका पत्रकार हुन)

November 12, 2006 at 8:32 am 1 comment

जापानी कोसेली पोखरामा

img_0020.jpg
ब्ँादल पश्चिमतिर लाग्छ
जब थाहा हुन्छ
घरको पर्खाल देखिन्छ रुखको छाया हल्ल्िान्छ
पहाडमाथिको कुकुर भुकेकेा सुनिन्छ
अनौठौ पशुघुरेको आवाज सुनिन्छ
यो कुनै नेपाली कविको रचना हैन । अग्रेजी र जाापानी भाषामा लेखिएको जापानी कवि हिदेयो कानेकेा रचना थियो हो । उनले अंग्रेजीमा वाचन गरेकेा यो कवितलाई कवि मञ्जुलले नेपालीले भाका मिलाएर सुनाएका थिए ।
गएको हप्तामा उनि संगै जापान वाट आधादर्जन जापानी कवि कवयित्रीहरु पोखरा आएका थिए ।
जापानको कोसेलीको रुपमा आफना सृजनाहरु नेपाली कविहरुको माझ वाचन गर्न पाउ“दा जापानी र्सजकहरु निकै प्रफुल्ल्ित देखिन्थे । कवयित्री मिसुजु फुकुदाको नेतृत्वमा जापानी र्सजकहरु यहा“ आएका हुन । लेकसाइडको रमाइलो रातमा आ-आफना सृजना भनेर जापानीहरु रमाइरहेका थिए । जापानीहरु कसैले आफनै भाषामा वाचन गरे त कसैले अग्रेजी भाषामा कविता वाचन गरे । कविता वाचन कै क्रममा नेपालमा स्थाथी शान्तिको कामना समेत गरे उनिहरुले ।
कविता वाचन कै क्रममा आचुको यामागुची फर्ुमाइन । जापानमा नर्सको रुपमा समेत कार्यरत उनले कविता सृजना गर्न थालेकेा भर्खरर्-भर्खर मात्र रहेछ । कविता त सुनाइन उनले । तर पहिलो पटक पोखरा आउ“दा उनलाई अलौकिक आनन्द मिलेको रहेछ । कविता वाचनकै क्रम मै उनले भनिन- मलाई सुन्दर नेपाल र नेपालीको व्यवहार असाध्यै मन पर्‍यो ।
जाापानी कवि गोष्ठीमा ८८ वर्षी रिचुको खावाबाता पनि सहभागि थ्ािइन । तर उनको हाउभाउ र तडकभडक हर्ेदा तन्नेरी भएको महशुस हुन्थयो । ति पाको उमेरकी खावाबाताले यसरी कवित वाचन गरिन
र्सर्ुयकिरणका रिंगहरु बजाएर मीठा विहानी धून बजाउ“छ
उनको बुढयोली जोश देखेर त्यहा“ भेला भएका नेपाली कवि कवयित्रीहरु पनि दंग परे । प्रशिद्ध साहित्यकार सरुभक्त भक्त अचम्मित पदै भन्दै थिए-‘यो उमेरमा पनि कविता वाचन गर्ने उनकेा कत्रो फर्ुर्ति । ‘ कार्यक्रममा सुइग्यो आर्राई, चिकाए तानीगुचीले जापानी भाषामा आफना कविता वाचन गरेका थिए । यसरी जापानी कविताकेा कोसेली बोकेर नेपाल आएको उनिहरुको यो पा“चौ पटक हो ।
उनिहरुलाई साथ दिएका थिए पोखरेली साहित्यकारहरुले । जसमा थिए सरुभक्त, तर्ीथ श्रेष्ठ, हरिदेवी कोइराला, सरस्वति प्रतिक्षा आदी । उनिहरुले पनि नेपाली भाषामा आफना रचनाहरु वाचन गरेका थिए । उनिहरुका सृजनालाई जापानी भाषामा उल्था गरी सुनाउदा जाापानीहरु आनन्द लागेर धक फुकाएर ताली बजाएका देखिन्थे । जापानी कवि कवयित्रीहरुेका नेतृत्व गरिरहेकी मिसुजू फुकुदा भन्दै थिइन-‘यो सुन्दर देशमा यसरी प्रत्येक वर्षकोसेलीको रुपमा जापानी सृजना वोकेर आउन पाइयोस् । ‘
तस्विर लेखक

November 12, 2006 at 8:19 am Leave a comment

आहा पोखरा

pokhara.jpgपोखराको वास्तविक सुन्दरता हर्ेन यहाका आसपासका डाडाहरुमा पुग्नर्ुपर्छ । त्यहाۓवाट वास्तविक पा्खराको रुपचित्र र्छलङ्गै देख्न पाईन्छ । यस्तै दृश्य हर्ेन हिजोआज पर्यटकहरुको हूल पोखरामा देख्न सकिँन्छ । निश्चित रुपमा यो पर्यटनव्यवसायीहरुका लागि खुशि को कुरा नै हो
तस्व्िर शिाव शर्मा

November 9, 2006 at 12:05 pm Leave a comment

दस्तावेज ,शिखर बैठकका निर्णय

नेपाली जनताले २००७ साल पहिलेदेखि हालसम्म पटक-पटक गर्दै आएका ऐतिहासिक संघर्ष र जनआन्दोलनमार्फत लोकतन्त्र, शान्ति र अग्रगमनका पक्षमा प्रकट भएको जनादेशको सम्मान गर्दै, सात राजनीतिक दल र नेकपा -माओवादी० बीच सम्पन्न १२ बुँदे समझदारी, ८ बुँदे सहमति र २५ बुँदे आचारसंहिता लगायत नेपाल सरकार र नेकपा -माओवादी० बीच सम्पन्न सबै सम्झौता, सहमति, आचारसंहिता र संयुक्त राष्ट्रसंघलाई प्रेषित समान धारणाको पत्राचारप्रति पूर्ण प्रतिबद्धताको पुनर्पुष्टि गर्दै, देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक समस्याहरूलाई समाधान गर्दै राज्यको अग्रगामी पुनर्संरचना गर्नुपर्ने संकल्प गर्दै, प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन व्यवस्था, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, पूर्ण प्रेस स्वतन्त्रता तथा कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्यमान्यताप्रतिको पूर्ण प्रतिबद्धतालाई दोहोर्‍याउँदै, नेपाली जनताको भयमुक्त वातावरणमा संविधानसभाको निर्वाचनमा सहभागी हुन पाउने आधारभूत अधिकारको प्रत्याभूति गर्दै, लोकतन्त्र, शान्ति, समृद्धि, अग्रगामी आर्थिक-सामाजिक परिवर्तन तथा देशको स्वतन्त्रता, अखण्डता, सार्वभौमिकता र स्वाभिमानलाई केन्द्रमा राख्दै २०६४ साल जेठ महिनाभित्र स्वतन्त्र र निष्पक्ष रूपले संविधान सभाको निर्वाचन सम्पन्न गर्ने दुबै पक्षको प्रतिबद्धतालाई कार्यान्वयन गर्न आज मिति २०६३ साल कात्तिक २२ गते सात दल र नेकपा -माओवादी० का शीर्ष नेताहरूको बैठकबाट निम्न लिखित निर्णयहरू भएका छन् ।
१। विगतका सहमतिहरूको कार्यान्वयन सम्बन्धमा
-क० विगतमा गरिएका सबै समझदारी, सहमति र आचारसंहितालाई पूर्णरूपले, इमान्दारितापूर्वक र कडाइका साथ कार्यान्वयन गर्ने गराउने ।
-ख० विगतमा राज्य र माओवादी दुबै पक्षबाट बेपत्ता पारिएका भनिएका नागरिकहरूको सम्बन्धमा छानबिन गरी स्थिति सार्वजनिक गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्ने ।
-ग० कब्जा गरिएका घरजग्गा सम्पत्ति फिर्ता गर्ने कार्यलाई तीव्रता दिने । विस्थापितहरू घर फर्किने वातावरणको सुनिश्चितता गर्ने । यस निम्ति जिल्ला-जिल्लामा दुबैपक्ष सम्मिलित समिति गठन गर्ने । यी सबै कार्यलाई एक महिनाभित्र पूर्णता दिने ।
-घ० राज्य र नेकपा -माओवादी० द्वारा राजनीतिक नेता तथा कार्यकर्ताहरूमाथि लगाइएका सबै आरोप र अभियोगहरू फिर्ता भएको सार्वजनिक घोषणा गर्ने र दुबैतर्फका राजनीतिक बन्दीहरूलाई तुरून्त रिहा गर्ने ।
२। सेना र हतियार व्यवस्थापन सम्बन्धमा
संविधानसभाको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न र सेनाको लोकतान्त्रीकरण तथा पुनर्संरचना गर्न विगतमा भएका बाह्र बुँदे समझदारी, आठ बुँदे सहमति, २५
बुँदे आचारसंहिता र संयुक्त राष्ट्रसंघलाई पठाइएको पाँच बुँदे पत्रको भावनाअनुरूप निम्न कामहरू गर्ने ः
माओवादी सेनाको सम्बन्धमा ः
१। २०६३ साल साउन २४ गते नेपाल सरकार र नेकपा -माओवादी० को तर्फबाट संयुक्त राष्ट्रसंघलाई पठाइएको पत्रमा व्यक्त प्रतिबद्धताअनुसार माओवादी सेनाका लडाकुहरू निम्नलिखित स्थानहरूमा अस्थायी शिविरहरूमा सीमित रहने । संयुक्त राष्ट्रसंघद्वारा उनीहरूको प्रमाणीकरण र अनुगमन गर्ने ।
मुख्य शिविरहरू निम्न स्थानहरूमा रहने छन् ः
१। कैलाली, २। सुर्खेत ३। रोल्पा, ४। पाल्पा, ५। काभ्रे ६। सिन्धुली, ७। इलाम । मुख्य शिविरहरू वरिपरि ३र३ वटाका दरले सहायक शिविरहरू रहने छन् ।
२। माओवादी सेनाका लडाकुहरू शिविरमा रहेपछि शिविरको सुरक्षार्थ चाहिने हातहतियार र गोलीगठ्ठा बाहेक अन्य सबै हतियारहरू शिविरभित्रै सुरक्षित भण्डारण गर्ने र एकल ताल्चा लगाई चाबी सम्बन्धित पक्षले नै राख्ने । सो ताल्चा लगाउने प्रक्रियामा संयुक्त राष्ट्रसंघको निगरानीका लागि उसको रेकर्ड, साइरनसहितको संयन्त्र सम्मिलित गर्ने । भण्डारण गरिएका हातहतियारहरूको आवश्यक जाँच गर्नु पर्दा संयुक्त राष्ट्रसंघले सम्बन्धित पक्षको रोहवरमा गर्ने । क्यामरा अनुगमन लगायत यस सम्बन्धका अन्य विस्तृत प्राविधिक विवरण संयुक्त राष्ट्रसंघ, नेकपा -माओवादी० र नेपाल सरकारका सहमतिले तयार गर्ने ।
३। माओवादी सेनाका लडाकुहरू अस्थायी शिविरमा बसिसकेपछि उनीहरूको रसदपानीलगायत अन्य आवश्यक व्यवस्था नेपाल सरकारले गर्ने ।
४। माओवादी सेनाका लडाकुहरूको रेखदेख, समायोजन र पुनस्र्थापना निम्ति अन्तरिम मन्त्रिपरिषद्ले विशेष कमिटी बनाएर काम गर्ने ।
५। माओवादी नेताहरूको सुरक्षा व्यवस्था सरकारसँगको सहमतिले गर्ने ।
नेपाली सेनाको सम्बन्धमा ः
६। संयुक्त राष्ट्रसंघलाई प्रेषित पत्रमा व्यक्त प्रतिबद्धताअनुसार नेपाली सेना ब्यारेकभित्र सीमित
रहने । उसका हातहतियारहरू कसैको पनि पक्ष या विपक्षमा प्रयोग नहुने कुराको प्रत्याभूति गर्ने । माओवादी सेनाका तर्फबाट भण्डारण भएका हतियारको बराबरी संख्यामा नेपाली सेनाले पनि आफ्ना हतियारहरू सुरक्षित भण्डारण गर्ने र एकल ताल्चा लगाई चाबी सम्बन्धितपक्षले नै राख्ने । सो ताल्चा लगाउने प्रक्रियामा संयुक्त राष्ट्रसंघको निगरानीको लागि उसको रेकर्ड, साइरनसहितको संयन्त्र सम्मिलित गर्ने । भण्डारण गरिएका हातहतियारहरूको आवश्यक जाूच गर्नुपर्दा संयुक्त राष्ट्रसंघले सम्बन्धित पक्षको रोहवरमा गर्ने । क्यामरा अनुगमनलगायत यस सम्बन्धका अन्य विस्तृत प्राविधिक विवरण संयुक्त राष्टूसंघ, नेपाल सरकार र नेकपा -माओवादीको सहमतिले तयार गर्ने ।
७। नेपाली सेनाको नियन्त्रण, परिचालन र व्यवस्थापन नयाँ सैनिक ऐनबमोजिम मन्त्रिपरिषद्ले
गर्ने । अन्तरिम मन्त्रिपरिषद्ले राजनीतिक सहमति र अन्तरिम व्यवस्थापिकाको सम्बन्धित समितिसमेतको सुझाव लिएर नेपाली सेनाको लोकतान्त्रिकरणको विस्तृत कार्ययोजना तर्जुमा र कार्यान्वयन गर्ने । यसअन्तर्गत नेपाली सेनाको उपयुक्त संख्या, लोकतान्त्रिक संरचना, राष्ट्रिय र समावेशी चरित्र निर्माण गर्दै लोकतन्त्र र मानवअधिकारको मूल्यद्वारा सेनालाई प्रशिक्षित गर्नेलगायतका कामहरू गर्ने ।
८। नेपाली सेनाले गर्दै आएका सीमा सुरक्षा, आरक्ष, निकुञ्ज, बैंक, विमानस्थल, विद्युतगृह, टेलिफोन टावर, केन्द्रीय सचिवालय, विशिष्ट व्यक्तिहरूको सुरक्षा लगायतका कामहरूलाई निरन्तरता दिने ।
३। अन्तरिम संविधानको विषयवस्तुबारे
१। अन्तरिम संविधानबारे
-क० अन्तरिम संविधान मस्यौदा समितिद्वारा प्रस्तुत अन्तरिम संविधानलाई आज भएका सहमतिका आधारमा पूर्णता दिने ।
-ख० पुनस्र्थापित प्रतिनिधिसभाद्वारा अन्तरिम संविधान जारी गरिनेछ र नवगठित अन्तरिम विधायिकाले उक्त संविधानलाई अनुमोदन गर्नेछ ।
२। राजतन्त्रबारे
-क० मुलुकको शासन व्यवस्था सम्बन्धी कुनै पनि अधिकार राजामा रहने छैन ।
-ख० स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरूका परिवारको सम्पत्ति नेपाल सरकारको मातहतमा ल्याई ट्रष्ट बनाएर ट×्रष्ट हितमा प्रयोग गर्ने ।
-ग० राजाका हैसियतले राजा ज्ञानेन्द्रलाई प्राप्त भएका सबै सम्पत्तिहरू -जस्तै ः विभिन्न स्थानका दरबारहरू, वन तथा निकुञ्जहरू, ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाहरू आदि० राष्ट्रियकरण गर्ने ।
-घ० राजसंस्था कायम राख्ने वा नराख्नेबारे संविधानसभाको पहिलो बैठकद्वारा साधारण बहुमतले टुंगो लगाउने ।
३। अन्तरिम व्यवस्थापिका संसद बारे
-क० अन्तरिम व्यवस्थापिका निम्न प्रकार एक सदनात्मक संसद हुनेछ ः
-अ० सात राजनीतिक दल र अन्य दलका हाल प्रतिनिधिसभा र राष्टिूय सभाका निर्वाचित सदस्यहरू समेत गरी २०९ जना -जनआन्दोलनको विपक्षमा रहेकाहरू बाहेक० । संयुक्त बाम मोर्चाको वर्तमान संसदमा प्रतिनिधि नभएको हुँदा सहमतिका आधारमा मनोनयन गरिने ।
-आ० नेकपा -माओवादी० को तर्फबाट ७३ जना
-ई० जनवर्गीय तथा पेशागत संगठन, उत्पीडित जाति तथा क्षेत्रका प्रतिनिधिहरू र राजनीतिक व्यक्तित्वहरूबाट ४८ जना -सहमतिको आधारमा मनोनीत गर्ने०
कुल संख्या ३३०
तर जनआन्दोलनको विपक्षमा रहेकाहरूका अन्तरिम व्यवस्थापिकामा रहने छैनन् ।
ख० अन्तरिम व्यवस्थापिकाको गठन भएपश्चात् पुनःस्थापित प्रतिनिधिसभा र राष्ट्रिय सभा भंग हुने
ग० अन्तरिम व्यवस्थापिका-संसद् गठन भएको दिनदेखि नेकपा -माओवादी० को नेतृत्वमा रहँदै आएका जनसरकार, जनअदालत लगायतका सत्तासम्बद्ध सबै निकाय भंग हुने ।
घ० अन्तरिम व्यवस्थापिका राजनीतिक सहमतिका आधारमा सञ्चालन गर्ने ।
४। अन्तरिम सरकारबारे
क० सहमतिका आधारमा अन्तरिम मन्त्रिपरिषद् गठन गर्ने ।
ख० अन्तरिम मन्त्रिपरिषद्को संरचना र कार्यविभाजन आपसी सहमतिबाट तय गर्ने ।
ग० अन्तरिम सरकारको सञ्चालन संयुक्त जनआन्दोलनको भावना, राजनीतिक सहमति र सहकार्यको संस्कृति अनुरूप गर्ने ।
५। न्यायपालिकाबारे
क० स्वतन्त्र न्यायपालिकाको अवधारणा र मूल्य मान्यतालाई अनुसरण गर्ने ।
ख० न्यायपालिकालाई जनआन्दोलनको भावना, लोकतन्त्र र अन्तरिम संविधानप्रति प्रतिबद्ध बनाउने ।
ग० संविधानसभासम्बन्धी विवादहरूको निरूपण गर्न संवैधानिक अदालतको गठन गर्ने ।
६। संवैधानिक अंगहरूबारे
क० प्रधानमन्त्री, प्रधानन्यायाधीश र अन्तरिम व्यवस्थापिकाका सभामुखसहितको नयाँ संवैधानिक परिषद्को व्यवस्था गरेर यसमार्फत संवैधानिक अंगहरूको नियुक्ति लगायतका विषयहरूमा सिफारिस गर्ने व्यवस्था मिलाउने । नियुक्तिहरू गर्दा निश्चित मापदण्डलाई आधार बनाउने ।
ख० सहमतिको आधारमा निर्वाचन आयोगलाई पूर्णता दिने ।
७। स्थानीय निकायहरूबारे
क० सात दल र नेकपा -माओवादी० को सहमतिले जिल्ला, नगर र गाउँस्तरमा अन्तरिम स्थानीय निकाय गठन गर्ने ।
८। नागरिकता समस्या सम्बन्धमा
क० संविधानसभाको निर्वाचनअगावै नागरिकताबाट वञ्चित सबै नेपाली नागरिकहरूलाई नागरिकताको प्रमाणपत्र वितरण गर्ने ।
ख० २०४६ साल चैत्र मसान्तलाई आधार वर्ष मानी त्यसभन्दा अगाडि नेपालमा जन्म भई निरन्तर स्थायी बसोबास गर्दै आएका सबै नेपाली नागरिकहरूलाई सरल ढंगले नागरिकताको प्रमाणपत्र वितरण गर्ने व्यस्था गर्ने ।
ग० नागरिकता प्राप्तिसम्बन्धी अन्य व्यवस्था कानुनमा उल्लेख भएबमोजिम हुने ।
९। संविधानसभा निर्वाचन सम्बन्धमा
क० आगामी २०६४ जेठभित्र संविधानसभाको निर्वाचन सम्पन्न गर्ने गरी मिति तय गर्न अन्तरिम मन्त्रिपरिषद्लाई अधिकार प्रदान गर्ने ।
ख० संविधानसभाको निर्वाचन मिश्रति प्रणालीको आधारमा गर्ने । २०५ सदस्य उम्मेदवारलाई मत दिने ुपहिलो हुने निर्वाचित हुनेु प्रणालीअनुसार र २०४ सदस्य पार्टीलाई मत दिने समानुपातिक निर्वाचन प्रणालीअनुसार निर्वाचित हुने । यस सम्बन्धमा निर्वाचन आयोगसँग छलफल गरेर कानुन बनाउने ।
ग० दलहरूले उम्मेदवारहरूको सूचीकृत गर्दा उत्पीडित जाति, क्षेत्र, मधेसी, महिला, दलित
लगायत अन्य वर्गसमेतको समानुपातिक प्रतिनिधित्व गराउनुपर्ने ।
घ० राष्ट्रिय जीवनका महत्त्वपूर्ण व्यक्तिहरूमध्येबाट सहमतिका आधारमा अन्तरिम मन्त्रिपरिषदबाट मनोनीत हुने १६ जना ।
ङ० संविधानसभाको कुल संख्या ४२५ कायम गर्ने ।
च० अन्तरिम संविधान जारी हुँदाका बखत १८ वर्ष पुगेका नेपाली नागरिक मतदाता हुने ।
छ० संविधानसभाको निर्वाचनको अनुगमन संयुक्त राष्ट्रसंघद्वारा गराउने ।
१०। राज्यको ढाँचाबारे
-क० वर्गीय, जातीय, भाषिक, लैङ्गकि, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेदभावको अन्त्य गर्न राज्यको वर्तमान केन्द्रीकृत र एकात्मक ढाँचाको अन्त्य गरी राज्यको समावेशी, लोकतान्त्रिक र अग्रगामी पुनर्संरचना गर्ने ।
-ख० राज्यको पुनर्संरचनाका लागि सुझाव दिन एक उच्चस्तरीय आयोगको गठन गर्ने ।
-ग० राज्यको पुनसर्ंरचनाको अन्तिम टुंगो संविधानसभाले लगाउने ।
११। आर्थिक-सामाजिक रूपान्तरणबारे निर्देशक सिद्धान्तहरू
-क० सामन्तवादका सबै रूपहरूको अन्त्य गर्ने आर्थिक-सामाजिक रूपान्तरणको न्यूनतम साझा कार्यक्रम आपसी सहमतिले तय गरेर लागू गर्दै जाने ।
-ख० सामन्ती भूस्वामित्वको अन्त्य गर्दै वैज्ञानिक भूमिसुधार कार्यक्रम लागू गर्ने नीति तय गर्ने ।
-ग० राष्ट्रिय उद्योगधन्दा र साधनस्रोतको संरक्षण र प्रवर्धन गर्ने नीति अनुसरण गर्ने ।
-घ० शिक्षा, स्वास्थ्य, आवास, रोजगारी र खाद्य सुरक्षामा सबै नागरिकको अधिकार स्थापित गर्ने नीति लिने ।
-ङ० सुकुम्बासी, कमैया, हलिया, हरवाचरवा लगायतका आर्थिक-सामाजिक रूपले पछाडि परेका वर्गलाई जग्गालगायत आर्थिक-सामाजिक सुरक्षाको व्यवस्था गर्ने नीति लिने ।
-च० सरकारी लाभको पदमा रहेर भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गर्नेहरूउपर कडा कारबाही गरी दण्डित गर्ने नीति लिने ।
-छ० देशको आर्थिक सामाजिक रूपान्तरण एवं न्यायका साथै देशलाई छिटो समुन्नत र आर्थिक रूपले समृद्धशाली बनाउन एक साझा विकास अवधारणा निर्माण गर्ने ।
-ज० श्रमिकका पेसागत अधिकारको सुनिश्चितता गर्दै उद्योगधन्दा, व्यापार, निर्यात प्रबर्द्धन आदिको लागि लगानी गरी रोजगारी एवं आयआर्जनका अवसरहरूको व्यापक वृद्धि गर्ने नीतिअनुसरण गर्ने ।
४। द्वन्द्वपीडितहरूको व्यवस्थापन सम्बन्धमा
१। सशस्त्र द्वन्द्वको क्रममा मारिएकाहरूको परिवारलाई तथा यस क्रममा घाइते भई अपांग र अशक्त भएकाहरूलाई उचित राहत, सम्मान तथा पुनःस्थापनाको व्यवस्था गर्ने ।
२। छानबिन आयोगको प्रतिवेदनको आधारमा
बेपत्ता भएकाहरूको पीडित परिवारलाई राहत उपलब्ध गराउने ।
३। सशस्त्र द्वन्द्वको क्रममा विस्थापितहरूको पुनःस्थापना गर्न, नष्ट भएका निजी तथा सार्वजनिक सम्पत्तिहरूको हकमा राहत प्रदान गर्न तथा ध्वस्त संरचनाहरूको पुनर्निर्माण गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने ।
४। सशस्त्र द्वन्द्वको क्रममा मानव अधिकारको गम्भीर उल्लंघन गर्ने तथा मानवताविरूद्धको अपराधमा संलग्नहरूको बारेमा सत्य अन्वेषण गर्न र समाजमा मेलमिलापको वातावरण निर्माण गर्न आपसी सहमतिबाट उच्चस्तरीय सत्यनिरूपण तथा मेलमिलाप आयोगको गठन गर्ने ।
५। विविध
१। सबै सहमति र सम्झौताहरूको कार्यान्वयन भए नभएको अनुगमन गर्न सहमतिले एक उच्चस्तरीय संयुक्त अनुगमन समिति गठन गर्ने ।
२। आचारसंहिता, समझदारी-सहमति, सम्झौता तथा कानुनविपरीतका गतिविधि एवं कामकारबाही
गर्ने जोकसैलाई पनि सरकारले कारबाही गरी दण्डित गर्नेछ ।
३। गणतन्त्र, आर्थिक-सामाजिक रूपान्तरण, जनमतसंग्रह, निर्वाचन प्रणालीलगायत अहिले साझा सहमति कायम हुन नसकेका विषयहरूमा पार्टीहरू संविधानसभाको निर्वाचनको क्रममा आआफ्ना नीति र मतअनुसार प्रस्तुत हुन स्वतन्त्र हुनेछन् ।
६। समय तालिका
१। नेपाल सरकार र नेकपा -माओवादी० बीच विस्तृत शान्ति सम्झौता २०६३ कात्तिक ३० गतेसम्म गर्ने ।
२। उल्लेखित २-१० बमोजिम २०६३ मंसिर ५ गतेभित्र माओवादी सेनाका लडाकुहरू हातहतियारसहित निर्धारित शिविरमा जम्मा भइसक्ने र हतियार भण्डारण गर्ने । संयुक्त राष्ट्र संघद्वारा उनीहरूको प्रमाणीकरण र अनुगमन गर्ने ।
३। उल्लेखित २-५० बमोजिम २०६३ मंसिर ५ गतेभित्र नेपाली सेना व्यारेकभित्र सीमित रहने, निर्धारित हातहतियार भण्डारण गर्ने र त्यसको अनुगमन संयुक्त राष्ट्र संघले गर्ने ।
४। २०६३ मंसिर ५ गतेभित्र अन्तरिम संविधानलाई पूर्णता दिने ।
५। २०६३ मंसिर १० गतेभित्र अन्तरिम संविधान जारी गर्ने, अन्तरिम व्यवस्थापिकाको गठन गर्ने र प्रतिनिधिसभा र राष्ट्रियसभाको विघटन गर्ने ।
६। २०६३ मंसिर १५ सम्म अन्तरिम मन्त्रिपरिषद्को गठन गर्ने ।
प्रचण्ड गिरिजाप्रसाद कोइराला
अध्यक्ष, नेकपा -माओवादी० प्रधानमन्त्री
तथा सभापति, -नेका०
माधवकुमार नेपाल
महासचिव, नेकपा -एमाले०
शेरबहादुर देउवा
सभापति, नेका -प्रजातान्त्रिक०
अमिक शेरचन
उपप्रधानमन्त्री
तथा अध्यक्ष, जनमोर्चा नेपाल
भरतविमल यादव
उपाध्यक्ष, नेसपा -आ।०
नारायणमान विजुक्छे
अध्यक्ष, नेमकिपा
सीपी मैनाली
अध्यक्ष, संयुक्त वाममोर्चा
२०६३ कात्तिक २२ गते

November 9, 2006 at 9:56 am Leave a comment

बल्न थाल्यो शान्तिको दियो

मगलवार सात दल र माओवादी बीच भएको साझा सहमतिले मुलुकमा नया आशाको संचार भएको छ । लामो गृहकार्य पछि दल र माओवादी यो विन्दुमा पुगेका हुन । जनआन्दोलन भाग दर्ुइको सफलता संगै सात दल सरकारमा पुगेर सात महिनाको लामो अन्तराल पछि भएको यो ऐतिहासिक समझदारी हो । यसलाई आम जनताले सहज र सकारात्मक रुपमा लिदै मुलुकमा शान्ति कायम हुने कुरामा पनि विश्वश्त भएका छन् । २१ घण्टा लामो गंभीर र निष्कर्षुक्त वार्तापछि भएको यो साझेदारीले मुलुकमा दुइ बन्दुक निस्तेज हुने छनक पनि देखिएको छ । एघार वर्षसम्म लामो द्धन्द्धको मार खेपेका र्सवसाधारण नेपालीका लागि यो साझा सहमति अति नै हर्षो कुरा मान्नर्ुपर्छ । यो समझदारीले लामो समयदेखि वन्दुक उठाएर सशस्त्र युद्धमा होमिएका माओवादीलाई राजनैतिक मुलधारमा ल्याई अन्तिरम सरकारमा सहभागि हुने वाटो खुल्ल्ाा भएको छ । यो माओवादीका लागि पनि खुशिको कुरा मान्नर्ुपर्छ ।
अव नत माओवादीले हतियारको पर््रदर्शन गर्न पाउने छन् नत नेपाली सेनाले नै । माओवादी र सेनाका हतियारहरु आ-आफनै क्याम्प र ब्यारेकमा भण्डारण हुनेछन् । यसरी हतियार निश्चित ठाउ“मा सिमित रहेपछि र राजाको शक्ति क्षीण भएपछि मुलुकमा वल्ल्ा नूतन परिवर्तनको रेखा कोरिने छ । यसमा सहमति जुटाउन हरेकले अग्रगमी बाटो अपनाउनै पर्छ । अहिले भएको दल र माओवादीको समझदारीले नेपालमा दर्ीघकालिन शान्ति स्थापना हुनेमा भने सबै ढुक्क देखिएका छन् । त्यसलाई यो लामो समझदारीले पनि प्रमाणित गरिदिएको छ । यो ऐतिहासिक समझौता संगै देशभरी खुशियाली मनाउने क्रम पनि शुरु भएको छ । स्वदेशी मात्र हैनन् विदेशीहरु पनि नेपालमा भएकेा यो समझौताले खुशि भएका छन् । तर नेपालको हित नचाहनेहरु भने यसवाट डगमगाएका छन् । र हच्किएका छन् । तर नेपाली-नेपाली बीचमा समझदारी हुनु नै सवैभन्दा ठुलो उपलब्धि हो । यसमा वाहिर मुलुकको टिकाटिप्प्ाणी ले भने कुनै अर्थ राख्दैन ।
मंगलवार राती भएको समझौतावाट नया नेपालको निर्माण हुनेछ भन्नेमा हरेकको ध्यान केन्द्रित भएको छ । यही खुशियालीमा मुलुकभरी विजयजुलुस निकालिएको छ । आम र्सवसाधारणले शान्तिको महशुस गदै दीपावलि मनाएका छन् । निश्चित रुपमा यो समझदारी दल र माओवादीको जीत नभई आम शान्तिकामी नेपालीको जीत हो । अव यो समझौतालाई साकार पार्न सवैले आ-आफनो क्षेत्रवाट अग्रगामी भुमिका निर्वाह गर्नुपर्छ । यो समझौतालाई विथोल्न यहा“ षडयन्त्रका तानावुना वुन्ने काम पनि नहोला भन्न्ा कदापी सकिदैन । यस्तो अवस्थामा दल-माओवादीले पनि त्यतिकै सचेतता अपनाउनै पर्छ । दल-माओवादीको समझदारीले नै मुलुक यो अवस्थामा पुगेकेा छ । यस्तो वेला गंभीरतालाई पनि सवैले ध्यान दिनर्ुपर्छ । अलिकति पनि हेलचक्रयाई भयो भने यसले दृष्परिणाम निम्त्याउनेछ ।
नया नेपाल निर्माणार्थ दल र माओवादी बीच भएको यो समझौतालाई भारतले जनताको जीत भनेको छ भने अमेरिकाले व्यवहारपछि मुल्याङकन गरिने र वेलायतले नेपालको शािन्त स्थापनामा सुखद संकेत भएको टिप्प्पणी गरेका छन् । राजनितिक मुद्धा र हतियार व्यवस्थापनको विषयमा भएको यो सहमतिले निश्चित रुपमा नेपाली जनतामा आशाको किरण पलाएको छ । विदेशीहरुकेा वोलाई र गर्राईमा नेपाली जनतालाई कुनै सरोकार छैन । जनतालाई चाहिएको काटमार र हिसां विरोधी नेपाल हो । त्यसको संकेत यो ऐतिहासिक समझदारीले देखाइदिएको छ । १९ दिने जनआन्दोलन सफल भएर जनताले एउटा विजय हासिल गरेका थ्ािए । त्यसको ठिक सात महिनाको अन्तराल पछि अर्को विजय जनताले हासिल गरेका छन् । र त्यसमा खुशियाली पनि मनाइसकेका छन् । यो पनि नेपाली जनताका लागि अर्को ठुलो जीत नै हो । हतियारको राजनिति गरीरहेका माओवादी एकाएक राजनीतिको मूलप्रवाहमा आउनु एउटा सुखद पक्ष नै मान्नर्ुपर्छ ।
लामो समय देखि समस्या नै समस्याले ग्रस्त नेपालमा अहिले आएर शान्तिको दियो बलेकेा छ । द्धन्द्धको अन्तय पनि भएको छ । मूख्य कुरा हतियार व्यवस्थापनको लामो विवादको पनि अहिले आएर टुङ्गो लागेकोे छ । अव हतियारको वलमा शासन गर्न नसकिने रहेछ भन्ने कुरा पनि यही सहमतिले नै प्रष्ट पारिदिएको देखिन्छ । जे भएपनि दल-माओवादी बीच एउटा लिखित ऐतिहासिक समझदारी भयो त्यो नै मुलुक र मुलुकवासीका लागि गर्व गर्ने कुरा हो । यसका साथै तानशाह शाही व्यवस्थालाई टुङ्गो लगाउने वारेमा पनि ऐतिहासिक समझदारी भएको छ । लामो समयदेखि नेपाली जनताले भोगेको सामान्ती राजतन्त्रात्मक व्यवस्थालाई समाप्त पार्नु पनि त्यतिकै जरुरी छ । त्यसो त दल-माओवादीको समझदारीमा राजापरिवार र राजा वीरेन्द्रको अथाह सम्पत्ति खोस्ने निर्ण्र्ााहुनु जनताको पक्षमा भएको एउटा गहन र ऐतिहासिक निर्ण्र्ाानै हो । यसलाई कार्यान्वयनको दिशामा लैजान सवै पक्ष जुटनै पर्छ । तव मात्र यो ऐतिहासिक समझौताले मूत रुप लिने छ । र जनताको अभिलाषा पुरा हुनेछ ।
हामी सवैले गर्व गरेर भन्नर्ुपर्छ यो सहमतिले नया नेपालको खाका कोरेकेा छ । जनतामा सुखशयल र अमनचयनको वातावरण सृजना गरेकेा छ । अ“ध्यारो वस्तीमा उज्यालो छाएको छ । यो सहमतिले जनतालाई नेताहरु प्रतिको दूरीलाई कम गराएको छ । नेताहरुले पनि यो ऐतिहासिक समझदारी कायम गरेर आम जनतामा विश्वास जगाएका छन् । जे समझदारी र सहमति भएको छ त्यो सवै जनताको पक्षमा भएको छ । यसमा कुनै शंका छैन । तर यो निर्ण्र्ााे मात्र नेपालमा पर्ुण्ा शान्ति् कायम भयो भनेर चुपचाप बस्ने वेला भने अझै आइसकेकेा छैन । अझै पनि नागरिक समाज र र्सवसाधारणले दल-माओवादीलाई खवरदारी गर्नेपर्छ । तर हतियारको व्यवस्थापन, अन्तिरम सरकार र सविध्ाानसभाको निर्वाचन सम्म पुग्नलाई त्यति सजिलो भने छैन । समझौतापत्रमा सहमति जनाउदै विभिन्न खुडकिलाहरु पार गदै सहमतिको मिलनविन्दुमा पुग्नुपनर्ेर्ेर्ैैुुन्छ । यो अप्ठयारोलाई सामना गदै अगाडी बढनु आम नेपालीका लागि ठुलो पर्खाल हो । तर सवै एक भएपछि यो पर्खाल सिधै फोडिने छ । जे भएपनि यो ऐतिहासिक समझदारीले नया विहानीकेा संकेत गरेकेा छ । निभ्न लागेकेा मधुर शान्तिको दियो बल्न थालेकेा छ । यो नै आम जनताका लागि एउटा नया खुशियाली मान्नर्ुपर्छ । र हो पनि ।

November 9, 2006 at 7:44 am Leave a comment


Recent Posts

November 2006
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
27282930