सिनेमामा छचिल्कदै छ पोखरा

March 5, 2007 at 11:12 am 6 comments

picture-134.jpgfilm-pokhara.jpg
सिनेमामा छचिल्कदै छ पोखरा
‘चलचित्रका लागि पोखरा प्राकृतिक स्टुडियो सावित हुन सक्छ’
शिव शर्मा चञ्चल
‘आहा कति स्वप्निल र रमणिय छ पोखरा’ यस्तो रमणिय स्थलमा चलचित्रको छायांकन गर्न पाएपछि सिनेकर्मिहरु यसो भन्दै मख्ख नपर्ने त कुरै भएन । मख्ख नपरुन पनि किन चलचित्रका लागि भने जस्तो ‘लोकसन’ पोखरा मै भएपछि । संधै मुस्कुराइ रहने टल्ाक्क टल्कने माछापुच्छे्र हिमालले जसको पनि मन छुन्छ । र तानिहाल्छ । हिमाल मात्र होइन यहा“ ताल तलैया देखि प्राकृतिक सौर्न्दर्यले भरिपर्ुण्ा रमाणिय स्थलहरु छन् । ग्रीन हिल छ । यही भएर त सिनेकर्मिहरुलाई चलचित्र सुटिङका लागि पोखराले तानेको छ । यहा“का रमणिय दृश्यहरु चलचित्रको क्यामेरामा कैद गर्न चलचित्रकर्मिहरु बीच तछाडमछाड नै हुने गर्छ । संसारभरीका मान्छे सवै पोखरा आउछन् हामी त आउनै पर्‍यो नि, चर्चित निर्दैशक नरेश पौडेल भन्छन्- ‘सिनेमा सुटिङका लागि पोखरामा धेरै सजिलो छ । उनले चलचित्र अभिमन्युको ७० प्रतिशत छायांकन पोखरामै गरेका थिए । चलचित्रका लागि भनेजस्तो दृश्य एवं सुविधा सम्पन्न होटल देखि चलचित्रका लागि चाहिने सवै आवश्यकताहरु यहा“ पर्याप्त छन् । चलचित्रका लागि चाहिने सहायक कलाकारहरुको पनि कुनै कमि छैन । पोखरेलीहरु पनि उतिकै सहयोगी छन् । यही भएर त राजधानीवाट निर्माण हुने अधिकांश चलचित्रको छायांकन पोखरा मै हुने गरेकेा हो । यतिवेला नायक वाट निर्माता वनेका दिलिप रायमाझी ले ‘हामी साथीभाई’ चलचित्रको अन्तिम भागको छायंाकन पोखरामै गरे । अर्का नायक सुनिलदत्त पाण्डे संग मिलेर उनले चलचित्र निर्माणमा हात हालेका हुन । यति रमणिय ठाउ“मा चलचित्रको छायांकन गर्न पाउदा उनि मख्ख छन् । भन्छन्- यो चलचित्रको ९० प्रतिशत छायांकन पोखरामै नै पुरा गरे । उनि सुटिङको वेला मात्र हैन अरु वेला पनि पोखरा रमाइलो लाग्ने हुनाले वारम्वार आहोरदोहोर गरिरहन्छन् । उनि पोखरालाई फिल्मी सिटीको रुपमा विकसित गर्ने पर्ने धारण समेत राख्छन् ।
यो धारण उनको मात्र हैन धेरै सिनेकर्मिहरुकेा छ । त्यसो त भारतको राजधानी दिल्ली हो तर चलचित्र सम्वन्धि सम्पर्ुण्ा गतिविधी मुर्म्वईवाट हुने गरेकेा छ । त्यस्तै नेपालको सर्न्दर्भमा पोखरालाई लिन सकिन्छ । त्यही भएर पोखरालाई सिनेमाको राजधानी वनाउनुपनर्ैर्ैैजोड स्थानिय सिने निर्दैशक घनश्याम लामिछाने दुखीको छ । उनि भन्छन्- ‘राजधानी नाम मात्र हो चलचित्रको सवै गतिविधी पोखरावाटै हुन्छ ‘। छायांकन मात्र हैन प्राय चलचित्रको रिलिज पनि पोखरावाटै हुने गरेका छन् ।
यो वर्षो शुरुवात संगै पोखरामा सुनिलकुमार थापाको तकदीर, विनोद शेरचनको दुनिया, ज्ञानेन्द्र ओझाको टयाक्सी डा्रइभर र कृष्ण चापागाईको निखिल दाई आदी चलचित्रको सुटिङ पनि पोखरामा भइसकेकेा छ । अझै पनि छायांकनका लागि सिनेकर्मिहरु पोखरा आउने क्रममा कुनै कमि आएको छैन । सिनेमाका लागि पोखरा ‘प्राकृतिक स्टुडियो’ सावित भए पनि चलचित्रका सवै गतिविधीहरु पोखरामै सार्नै निर्ण्र्ााभइसकेकेा छैन । ‘काम भन्दा कुरा धेरै गर्ने सिनेकर्मिहरु कै कारण यसो हुन पुगेकेा हो,’ सिने प्लाजा पोखराका अध्यक्ष उत्तम द्धावको गुनासो छ । उनि भन्छन्- पोखराकै लोकसन राम्रो भएर धेरै नेपाली चलचित्रहरु चलेका छन् । उनले पोखराकै नजिक रहेकेा सात तालको वगैचा शहर लेखनाथमा चलचित्रका लागि एक्लैले सुटिङ स्पट नै निर्माण गर्नै सोच वनाएका छन् ।
कुनै पनि निर्माताहरु चलचित्र निर्माणका लागि लोकेशन रोज्नु पर्‍यो भने पहिलो पोखरालाई नै रोज्ने गर्छन् । त्यपछि उनिहरु छायांकन गर्न पोखरा आउन हतारिन्छन् । एक पटक पोखरा आए पछि दोहोर्राई तेहर्राई आउन लालयित हुन्छन् सिनेकर्मिहरु । उता नायिका अरुणीमा लम्साल पनि पोखरामा चलचित्र सुटिङ गर्न पाउ“दा प्रफुल्ल्ित हुन्छिन् । भन्छिन्- सुन्दर पोखरामा सुटिङ गर्दा वेग्लै मज्जा आउ“छ ।
फेवाताल, सराङकोट, पाताले छांगो, महेन्द्रगुफा, विश्वशान्ति स्तुपा, रानीवन, विन्ध्यावासिकी मन्दिर, तालवाराही मन्दिरका साथै माछापुच्छे्र र अन्नपर्ुण्ा हिमश्रृखलाका सुन्दर दृश्यहरु चलचित्र निर्माणका लागि उपयुक्त छन् । नायक निखिल उप्रेति भन्छन-‘पोखरा त मेरा लागि आजभोलि पानी पधेरो जतिकै भएको छ ‘। यो वर्षो शुरुवात संगै उनले आधा दर्जन चलचित्रको सुटिङ पोखरामै गरिसकेका छन् । यति वेला पोखरा चलचित्रमय भएको छ । नेपाली सिनेमा मात्र हैन विदेशी चलचित्रका सुटिङहरु पोखरामा हुने गरेका छन् । दर्ुइ वर्षअगाडी वंगालादेशी सिनेमा रिभेन्ज को १५ दिन पोखरामै छयांकन भएको थियो ।
त्यस्तै थाइल्याण्डको टुबी लभ पनि पोखारमै छायांकन भयो । त्यस्तै वलिउडको लभ इन नेपालको ८० प्रतिशत छायांकन पोखरामै भएको थियो । पोखरा स्वदेशी मात्र हैन विदेशीहरुका लागि पनि चलचित्रको स्वणिर्म स्थल वनेकेा छ । त्यसै गरी हिन्दी चलचित्र इश्क इश्कको ७० प्रतिशत छायांकन पनि यही नगरीमा भएको थियो । यसरी पोखरा चलचित्र छयांकनका लागि उपयुक्त स्थल वन्दै छ । सुटिङ मात्र हैन कलाकारहरुको आगमन पनि उतिकै भइरहेको छ । यही भएर पनि अव नेपाली चलचित्र उद्योग राजधानी वाट पोखरामै सार्नु पर्नैै आवाज स्थानिय सिनेकर्मिहरुले उठाइरहेका छन् । यस अघि मेरी आमा र पुणिर्मा सिनेमाको सफल छायांकन पोखरा गरेका निर्दैशक रवि अर्याल चलचित्र छायांकन लागि पोखरा र्स्वर्ग नै भएको वताउछन्

Entry filed under: Uncategorized.

आफनै पुस्तक विरहका प्रलापहरुको कुरा जाउ है पोखरा

6 Comments Add your own

  • 1. Nawaraj  |  April 5, 2007 at 3:16 pm

    this website is i like most.
    but some word are unclear. i mean word have font mistake.
    in summary, this site is i like mostly.
    ok bye.

    Reply
  • […] सिनेमामा छचिल्कदै छ पोखरा […]

    Reply
  • 3. Marichman pun  |  November 9, 2008 at 6:39 am

    i saw to your web sit but there is allitile photo so you must be create more then more photo in your web sit ok thanku bye

    Reply
  • 4. paritosh  |  December 14, 2009 at 8:26 pm

    it is to much

    Reply
  • 5. bikash shrestha  |  January 14, 2011 at 11:50 am

    beutifull pokhara

    Reply
  • 6. om  |  March 27, 2011 at 9:00 pm

    nice pokhara n est of luck for movie

    Reply

Leave a comment

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Recent Posts

March 2007
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
262728293031