पोखरेली पर्यटनमा सुधारको संकेत

November 16, 2006 at 6:57 am 1 comment

sarankot-poto-9.jpg

यतिवेला पर्यटन क्ष्ँेत्रमा पनि क्रमिक सुधार आएको छ । व्यवसायीहरुलाई तछाडमछाको स्थिति आइसकेको छ । लामो समय देखि पर्यटक पर्खाइको पीडा भोगेका पर्यटन व्यवसायीहरु उत्साहित छन् । नहुन पनि किन अहिले विगत ५-६ महिना यता पर्यटन क्षेत्रमा चहपहल आएको छ । मुलुककै पर्यटकीय क्षेत्रको रुपमा परिचत पोखरामा पनि रमझम छाएको छ पर्यटकहरुको । यसैले त वन्द हेाटल रेष्टृराहरु पनि खुल्ने क्रममा छन् । कतिपय त खुलिसकेका छन् । यो पर्यटन क्षेत्रको उज्जवल भविष्यको रुपमा पर्यटन व्यवसायीहरुले लिएका छन् । निश्चित रुपमा पोखराको पर्यटनमा स्वदेशी तथा विदेशी पर्यटकहरुकेा आगमन भइरहेको छ । उनिहरुको स्वागत सत्कारमा पर्यटन व्यवसायीहरु तल्लिन मात्र हैनन् असिनपसिन समेत हुन थालेका छन् । समसाझै होटल रेष्टुरा वन्द गर्नुपर्ने पीडावाट मुक्त पाएका छन् व्यवसायीहरुले । अहिले देखिएको सुधारले यहा“का होटलहरु अग्रिम वुकिङ हुन थालेका छन् ।
तारे होटल फुलवारी एण्ड स्पा पनि चम्किन थालेकेा छ । पर्यटकहरुलाई लोभ्याउन होटलले विभिन्न प्याकेजहरुलाई अगाडी सारेको छ । वास्तवमा पोखराको फुलवारी होटल पनि पोखराको पर्यटनको शोभा हो । अहिले हामीले केही सन्तोष लिने ठाउ“ आएको छ, फुलवारी होटल एण्ड स्पाका बजार प्रवन्धक संजीव केसी भन्छन्- ‘विगतमा भन्दा पर्यटन क्षेत्रमा अहिले आएर सुधार भइरहेको छ ।’ निश्चित रुपमा अहिले पर्यटकहरु निर्धक्क रुपमा पोखरा भित्रिरहेका छन् । नेपाल घुम्न आउने पर्यटकहरुमा अधिंकाशको पहिलो रोजाइनै पोखरा हुने गरेकेा छ । अहिले यहा“का पर्यटकीय स्थलहरुमा विदेशी मात्र हैनन् स्वदेशी पर्यटकहरुको पनि हूल देख्न सकिन्छ । गोरा छालाका पर्यटकहरुको त झन उतिकै चहपहल छ पोखरामा हिजोआज । विहान देखि राती अवेर सम्म पर्यटकीय केन्द्र लेकसाइडमा ओहोरदोहोर गरेकेा भेटिन्छ ।
तर केही पर्यटन व्यवसायीहरु भने अझै पनि पर्यटकहरुकेा आगमन पोखरामा शुन्य भएको असन्तोष प्रकट गर्छन् । एक पर्यटन व्यवसायी भन्दै थिए-‘एक दर्ुइ पटक देखे भने मिडियाले पहाड बनाएर लेख्छ ।’ उनको भनाईमा धेरै व्यवसायीहरुकेा असहमति छ । अहिले पर्यटकहरुको रमझमले त्यो कुराको खण्डन गर्छ । केही समय अगाडी शुन्य प्राय भएर धराशयी अवस्थामा पुगेकेा पोखराको पर्यटन अहिले देखिएको चहलपहलमा सन्तोष नलिनु ज्यादै दुखको कुरा हो । एकपटक हृवात्तै पर्यटक बढने नभएर क्रमिक रुपमा बढदै जाने कुरा हो । यो कुरालाई व्यवसायीहरुले वुझनर्ैपर्छ । तर अहिले जसले जे भनेपनि पोखराको मात्र हैन देशकै पर्यटन क्षेत्रमा सुधार आएको छ । यो अहिलेकेा वास्तविकता हो । त्यसो त अहिले पर्यटकीय आ“गमनको सिजन पनि हो । गत वर्षो तुलनामा यस वर्षपर्यटकहरुको पोखरा आगमन देाब्बर भएको छ । अझै पनि भ्रमण वनाएर पोखरा आउने पर्यटकहरुको सख्यामा वृद्धि हुने कुरामा पर्यटन व्यवसायीहरु ढुक्क देखिएका छन् ।
फेवातालकै डुङ्गा व्यवसायीको कुरा गरौ । एउटा डुङ्गा चालकको पालो ३ दिनपछि आउथ्र्यो । दिनभरी हाइका“ढेर पालो पर्खैर बस्नु पर्नै वाध्यता थियो । तर अहिले त्यो समस्या छैन । डुङ्गा शयर गर्न आउने पर्यटकहरुकेा हुलले उनिहरुको मुहारमा खुशिको वहार आएको छ । डुङ्गा चालकहरु हौसिदै भन्छन्-अव संधै भरी गोरा पर्यटकहरु फेवातालमा आइरहुन । पर्यटकहरुको बढदो आ“गमनले अहिले धेरै व्यवसायीहरु खुशि छन् । खुशि हुनु स्वभाविक पनि हो । पर्यटकहरु आउन छाडे होटल खाली भयो भन्ने नैराश्यता अहिले टरेको छ । र्
पर्यटकीय नगरीय पोखरा त झन पर्यटकमय भएको छ । त्यसो त अहिले पर्यटक नेपाल भित्रिने सिजन पनि हो । फेरी पोखराका पर्यटन व्यवसायीहरु स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आर्कषण गर्ने खालका अभियान सञ्चालन गर्नमा मािहर वनेका छन् । जसमा वढी भन्दा वढी विदेशी पर्यटकहरुकेा उत्साहप्रद सहभगिता वढेको रहने गरेको छ । वास्ततवमा पोखरा आफैमा सुन्दरताको खानी हो । त्यही भएर त यहा पर्यटकहरु वढी मात्रमा शयर गर्न मन पराउछन् । केवल माछापुच्छ्रेको आकृति मात्र पर्यटकहरुको आकर्षा होइन । पर्यटकहरुलाई आकर्षा गर्ने खालका लोभलाग्दा दृश्यहरु यहा छन् । यहाका आसपासका गाउ“हरुमा पर्यटकहरु पुग्न अझै हतारिन्छन् । घान्द्रकु सिक्लेश धम्पुस पर्यटकहरुका लागि त उद्गम स्थल नै वनेका छन् । यतिवेला यी गाउहरुमा पैदल हिडेर जाने पर्यटकहरुको लावा लस्कर देख्न सकिन्छ । पर्यटकहरु पनि खुशि छन् रमाइला ठाउहरुमा हिडडुल गर्न पाउदा ।
पोखराकेा युरोप भनेर चिनिने लेकर्साईडमा भिन्न्ौ चहलपहल छाएको छ । राती अवेर सम्म लेकसाइडको व्यापारीक कारोवारमा वृद्धि भएको छ । मध्यरात सम्म पनि खुल्लम खुल्ला रहन्छ लेकसाइड । राती अवेर सम्म पर्यटकहरु लेकसाइडमा हिडडुल गरिहेको देख्दा पोखरा पर्यटकमय भएछ भनेर अनुमान लगाउन गारो पदैन । होटलव्यवासायीहरु पनि फर्ुर्तिला देखिएका छन् । खाली कोठाहरु भरिभराउ भएका छन् । कर्मचारीहरुले पनि काम पाएका छन् । ठप्प नै भइसकेकेा व्यवसायी माथि उकासिदा मन प्रफुल्ल हुनु स्वभाविक पनि हो । यही रुपमा अहिले पर्यटकहरु यहा भित्रिने क्रम यथावत नै रहेको छ । यसलाई यहाका पर्यटनवयवसायीहरुले पनि ठुलो उपलब्धि नै ठानेका छन् । अहिले पर्यटन आगमन सन्तोषजनक नै मान्नर्ुपर्छ, रेवान पोखराका अध्यक्ष श्रीलाल सुवेदीको अनुभव छ ।

Entry filed under: Uncategorized.

पोखराको शिरमा टेक्दा शान्ति सम्झौता- नेपालमा नया अध्यायको प्रारम्भ

1 Comment Add your own

  • 1. pokhara nepal  |  August 2, 2011 at 2:02 pm

    nice post, i liked to read about pokhara nepal.

    Reply

Leave a comment

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Recent Posts

November 2006
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
27282930